फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल#च च्याङ प्रान्तीय हु चौ शहरको होमस्टे अर्थतन्त्र

(GMT+08:00) 2018-06-01 15:54:32

पूर्वी चीनको च च्याङ प्रान्तीय हु चौ शहरको प्राचीन इतिहास छ। त्यहाँको राम्रो पर्यावरणीय वातावरणले पनि धेरै पर्यटकहरूलाई आकर्षित गरेको छ। विदेशीहरूद्वारा संचालन गरिएका "विदेशी होमस्टे" वा स्थानीय किसानहरूद्वारा संचालन गरिएका होमस्टे हु चौ शहरको पर्यटकीय विकासको महत्वपूर्ण टेवा बनेको छ। स्थानीय वासिन्दाहरू पनि निलो नदी र हरियो पहाडबाट लाभान्वित भएका छन्।

हु चौ शहरको आन चि जिल्लाको मो कान शान बस्तीका वासिन्दा छन च लानले "युन श्वै क"नामक होमस्टे संचालन गर्नुहुन्छ। मो कान शान बस्ती चीनको प्रसिद्ध पर्यटकीय पवित्र स्थल हो। केही वर्षअघि यातायातको असुविधाका कारण स्थानीय वासिन्दाको जीवन स्तर त्यति उच्च थिएन। छन च लान भन्छिन् "किनभने त्यस अवधिमा हाम्रो गाउँ गरिब थियो। त्यस अवधिमा धनी किसानहरूले बाहिर आबास किन्न गए। उनीहरूका आबासहरू खाली भयो। विदेशीहरूले हाम्रो गाउँ आएपछि यहाँको विकासलाई अगाडि बढाएका छन्।"

छन च लानले विदेशीहरूमध्ये एक दक्षिण अफ्रिकाका ग्रेन्ट होर्सफिल्ड हुन्। सन् 2007 मा उनी मो कान शान आएका थिए। उनी त्यहाँको दृश्य र पुरानो भिसाद्वारा आकर्षित भएका थिए। उनले त्यो जमीनमा उच्चस्तरीय होमस्टे लो सिन कुको निर्माण गरेका थिए र ठूलो सफलता प्राप्त गरे। उनको विचारमा विगत केही वर्षमा मो कान शानमा ठूलो परिवर्तन भएको छ। उनी भन्छन् "पर्यटन व्यवसाय च च्याङको अर्थतन्त्र द्रुत गतिले बृद्धि हुनुको एक कारक तत्व हो। सरकारले आधारभूत प्रबन्धको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। जस्तैभनौं सडकको मर्मत, दोफोर पानी निकाल्ने प्रबन्धको निर्माण। ती परिवर्तनहरूको साक्षी बन्न पाउँदा हामीलाई गौरब लागेको छ।"

1  2  
जानकारी तथा लेखहरु