फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# ह नान प्रान्तीय फु शान बस्तीको चान च ह प्राथमिक विद्यालय

(GMT+08:00) 2018-06-22 16:47:47

चान च ह प्राथमिक विद्यालयका निर्देशक थाङ चु चिङ चान च ह गाउँका वासिन्दा हुनुहुन्छ। उहाँले सन् १९८४ देखि यो प्राथमिक विद्यालयमा अध्यापन गर्न थाल्नुभएको थियो। उहाँ भन्नुहुन्छ "हाम्रो गाउँ आन व्है प्रान्तसित जोडिन्छ। हाम्रो प्राथमिक विद्यालय सबैभन्दा टाढाको विद्यालय हो। यो बस्तीको सरकारी निकायबाट पन्ध्र किलोमिटर टाढा छ।"

उहाँकाअनुसार, चान च ह विद्यालयमा पाँच वटा ग्रेड छन् र जम्मा एक सय बीस जना विद्यार्थी छन्। यस बाहेक, एउटा शिशु विद्यालय पनि छ। निर्देशक थाङ भन्नुहुन्छ "हाम्रो कक्षामा चिनियाँ भाषा, गणित, अंग्रेजी भाषा, प्रकृति, नैतिकता, चित्रकला, संगीत, खेलकुदआदि समावेश छन्।"

कक्षापछिको आरामको समयमा पत्रकारहरूले कक्षा कोठामा विद्यार्थीको हरेक टेबुलमा राखेका किताबहरू, पर्खालमा टाँसेका चित्रहरू अवलोकन गरेका छन्।

कक्षा कोठाबाट निस्केपछि पत्रकारहरू चान च ह प्राथमिक विद्यालयको एउटा मात्रै रहेको अध्ययन कोठा गए। यो कोठा शिक्षक-शिक्षिकाले पाठ तयारी गर्ने कोठा हो। निर्देशक थाङले विद्यालयमा आठ जना मात्रै शिक्षक-शिक्षिका रहेका र तीमध्ये चार जना युवा शिक्षक-शिक्षिका भएका र प्रति व्यक्तिले तीन, चार वटा कक्षा लिने गरेको पनि बताउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु