फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# ह नान प्रान्तीय फु शान बस्तीको चान च ह प्राथमिक विद्यालय

(GMT+08:00) 2018-06-22 16:47:47

पच्चीस वर्षीय कुङ वै छिनले विद्यार्थीलाई पढाउँदैछिन्। उनले चान च ह प्राथमिक विद्यालयमा एक वर्षदेखि पढाउँदै आएकी छिन्। चौथो ग्रेडको चिनियाँ भाषा र पहिलो ग्रेडको गणितबाहेक, उनले सङ्गीत, चित्रकलाआदि पनि सिकाउने गरेकी छिन्। कुङ वै छिन भन्छिन् "मैले विद्यालयमा चित्रकला सिकेको थिएँ। यो प्राथमिक विद्यालयमा आएपछि मैले चित्रकला सिकाउने आशा लिएको थिएँ। तर यो प्राथमिक विद्यालयमा शिक्षक-शिक्षिकाको अभाव छ र आठ जान मात्रै शिक्षक-शिक्षिका छन्। त्यसैले हामीले अरू विषय पनि पढाउने काम गरिरहेका छौं।"

 

कुङ वै छिनको घर स्थानीय शाङ छङ जिल्लामा पर्दछ। उनलाई घर फर्कन दुई घण्टासम्म लाग्छ। त्यसकारण बढीमा एक सातामा एक पटक मात्रै घर फर्किन्छिन्। विद्यालयले शिक्षक-शिक्षिकालाई पनि वासको व्यवस्था मिलाएको छ। पुराना शिक्षक-शिक्षिकाले नयाँ शिक्षक-शिक्षिकालाई धेरै नै सहयोग गर्ने गरेका छन्। त्यसैले यो प्राथमिक विद्यालयमा काम गरेकोमा उनलाई खुशी लागेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु