फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # तेस्रो "चीन-मध्य पूर्वी युरोपेली मुलुकको सांस्कृतिक सिर्जनशील व्यवसाय मञ्च" पोल्याण्डमा आयोजित

(GMT+08:00) 2018-07-02 16:12:08

पोल्याण्डका उप प्रधानमन्त्री एवम् संस्कृति तथा पूरातात्त्विक मन्त्री पिओटर ग्लिनस्कीले उक्त मञ्चको उद्धाटन समारोहलाई सम्बोधन गर्दै पोल्याण्डको सिर्जनशील व्यवसाय तीव्र गतिले विकसित भएकाले अधिकांश रोजगार अवसरको सिर्जना गरेको मात्र नभई समस्त शहर तथा बासिन्दाहरूको जीवन स्तरलाई पनि माथि उकासेको कुरा ‌औँल्याउनुभएको छ। "सोह्र प्लस एक" भन्ने प्रारुपमा चीन र मध्य पूर्वी युरोपेली मुलुकका सिर्जनशील व्यवसायहरुबीच आदान-प्रदान गर्ने एउटा चौतारोको स्थापना गरेकोमा आफुलाई साह्रै खुसी लागेको कुरा पनि उहाँले बताउनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ:

यो मञ्च चीन र मध्य पूर्वी युरोपका सोह्र मुलुकबीच एकले अर्काको संस्कृति र सिर्जनशील व्यवसायको विशेषताबारे अवगत गराउने राम्रो अवसर नै हो। साथै सिर्जनशील व्यवसायका क्षेत्रमा सहकार्य व्यवस्था खोज्ने उपयुक्त अवसर पनि हो। चलचित्र, डिजाइन र संगीत क्षेत्रमा रहेका संयुक्त निर्माणलाई सबल पार्नुका साथै डिजाइनर, विद्बान र विद्यार्थीहरूबीचको आदान-प्रदान, साटासाट र पारस्परिक भ्रमणलाई सबल पार्नु नै हाम्रो लागि ज्यादै आवश्यक कुरा हो । पोल्याण्ड र अन्य मध्य पूर्वी युरोपेली मुलुकका लागि सोच-विचार गर्ने कुरा के छ भने अझ बढी चिनियाँ चलचित्र, साहित्य, विद्युतीय खेल र सँगीतलाई कसरी भित्र्याउने भन्ने रहेको छ।

पैचिङ दोस्रो विदेशी भाषा विश्वविद्यालय अन्तर्गत राष्ट्रिय सांस्कृतिक विकास सम्बन्धी अन्तर्राष्ट्रिय रणनीति अनुसन्धान प्रतिष्ठानका स्थायी उपप्रमुख ली च्या शानका अनुसार, चीन र मध्य पूर्वी युरोपेली मुलुकले आ-आफ्नो सांस्कृतिक सिर्जनशील व्यवसाय र व्यापारिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गरेका छन्। दुवै पक्षका सँस्कृति उत्पादित वस्तु र व्यवसायहरूबीच एकले अर्कालाई आपूर्ति दिने राम्रो सम्बन्ध पनि देखा परेको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ:

चीन र मध्य पूर्वी युरोपेली मुलुकबीचको सांस्कृतिक र व्यापारिक पारस्परिक आपूर्ति शक्ति निकै स्पष्ट देखिन्छ। त्यसैगरी भविष्यमा हामीले परम्परागत संस्कृति र व्यापारबाट आधुनिक संस्कृति र व्यापारको रुपमा विकसित हुने प्रयास गर्नेछौं। यसका साथै हामीले पर्यटन सेवा व्यापार र पर्यटन व्यवसायको विकासबाट संस्कृति र व्यापारलाई दिइने प्रभावमा झन् महत्व दिनुपर्छ। किनकि सांस्कृतिक र व्यापारिक विकास चीन र मध्य पूर्वी युरोपेली मुलुकका जनताहरूको साझा चाहना अनुकुल हुनेछ।


1  2  
जानकारी तथा लेखहरु