फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # तेलअभिभस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा "इजरायलीको मुखबाट चिनियाँ गीत"

(GMT+08:00) 2018-07-30 10:15:09

छत्तीस वर्षिय शारोन हादारी एउटा निजी विद्यालयमा चिनियाँ भाषा सिकाउनुहुन्छ। गितार बजाउनुका साथै चिनियाँ गीत गाउनु पनि उहाँको निकै मनपर्ने दैनिकी बनेको छ।

कक्षाका अतिरिक्त समयको सदुपयोग गरी चिनियाँ भाषा सिकिरहेका केही इजरायली युवा-युवतीहरूले उनीहरूका चिनियाँ भाषा शिक्षकसँगै एउटा सानो व्यान्डको गठन गरेका छन्। उनीहरूले करिब दुई महिनासम्म मात्र चिनियाँ भाषा सिकेका छन्। उनीहरूले गाएको एउटा रोचक गीत अर्थात् "माफ गर्नुस्, मेरो चिनियाँ भाषा त्यति राम्रो छैन" बोलको गीतले तत्स्थानका दर्शकहरूको हाँसो र ताली हौसला पाएको छ।

चिनियाँ संस्कृति केन्द्रका कक्षा तथा गतिविधिका व्यवस्थापक यानाइ नादाभ सो गतिविधिको संस्थापक हुनुहुन्छ। उहाँ पियानो र गितार बजाउन सक्नुहुन्छ। साथै उहाँलाई चिनियाँ संस्कृति ज्यादै मनपर्छ। यस पटकको गतिविधिबाट चिनियाँ गीत मन पराउने यत्रो धेरै मानिसलाई आकर्षित गरिएको रमाइलो दृश्य देख्दा उहाँलाई एकदमै खुसी लागेको छ।

इजरायलका लागि चिनियाँ दुताबासको संस्कृति विभागका जिम्मेवार व्यक्ति वान थिङका अनुसार, सांस्कृतिक केन्द्रले "इजरायलीले चिनियाँ गीत गाउने" गतिविधिको आयोजना गरेको यो पहिलो पटक हो। यस पाली मुख्यत: विश्वविद्यालयका विद्यार्थीहरूका लागि आयोजना गरिएको हो। जुन एक सफल परिक्षण नै हो। अब उपरान्त सांस्कृतिक केन्द्रले निरन्तर रुपमा यस्तो गतिविधिको आयोजना गर्दै जाने छ।


1  2  
जानकारी तथा लेखहरु