फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम# मिङ्ग राजवंशमा चाङ्ग च्यु चेङ्गको सुधार-2

(GMT+08:00) 2018-08-01 10:50:52

त्यसका साथै सरकारको अर्थतन्त्रलाई बढाउनका लागि चाङ्गले मितव्ययिता पालना गर्थे। धेरै मैनबत्ती खर्च हुनबाट जोगाउनका लागि उनले युवा सम्राट मु चुङ्गलाई सिकाउने कक्षाको समय रातिबाट विहान सार्ने राय-सुझाव दिए। साथै उनले दरवारमा केही भवनको निर्माणलाई पनि रद्द गरिदिए। यस्ता उदारण धेरै थिए।

दश वर्षको प्रयासमा चाङ्ग च्यु चेङ्गको सुधार कदमले स्पष्ट प्रभाव पारेको थियो। राजनीतिक भ्रष्टाचारको क्रमशः सुधार गर्नुका साथै देशको जगेडा अन्नको मात्रा पनि धेरै बढ्यो। तर यो सुधारले धनी समूह ठूला सम्भ्रान्तको हितमाथि क्षति पुर्‍याएको हुनाले धनी तथा उच्च पदाधिकारी समूहले चाङ्गलाई ज्यादै घृणा गरे।

चाङ्ग च्यु चेङ्गले सरकारको शासन गर्दा युवा सम्राटले विविध मनोरञ्जन तथा खेल मन पराउँथे। सम्राटलाई उक्साउने सबै नपुंषक सेवकमाथि चाङ्गले जयाज गर्नुका साथै सम्राटको हैसियतमा आफ्नो आलोचना आदेश प्रकाशित गरे। जसरी सम्राट र चाङ्ग च्यु चेङ्गको सम्बन्ध डरबाट घृणाको विकास गर्‍यो।

सन् १५८२ मा चाङ्ग च्यु चेङ्गको निधनपछि सम्राट मु चुङ्गले चाङ्गको सबै सम्मान हटाउनुका साथै चाङ्गका परिवारलाई विभिन्न स्तरीय संजाय दिए। चाङ्गको सुधार कदम पनि स्थगित भयो।

त्यसपछि सुधार गर्ने मिङ्ग राजवंशको शासन फेरि ओझेलमा पर्‍यो।


1  2  
जानकारी तथा लेखहरु