फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको शा श्येन रेस्टुरेन्ट जापानको टोकियोमा

(GMT+08:00) 2018-08-03 10:00:42

"गत वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनको भावनाको प्रचार-प्रसार का‍र्यक्रममा सहभागी भएँ। चीनको राज्य परिषदअन्तर्गत विदेशमा बसोबास गरिरहेका चिनियाँ प्रवासी कार्यालयका प्रमुख छ्यु युआन फिङले के के चिनियाँ संस्कृतिलाई विदेशमा पुर्‍याउनसकिने बताउनुभयो। मैले फु चेन प्रान्त सरकारका अधिकारीसँग जापानमा शा श्येन खाजाघर रेस्टुरेन्ट खोल्ने विचार राखें। फु चेन सरकारले जवाफ दिएअनुसार, यो एकदम राम्रो कुरा हो। सफलताका साथ खोल्नसकिने हो भने फु चेन प्रान्तको प्रचार-प्रसार गर्नसकिने छ।"

वाङ युआन याउका सहयोगात्मक साझेदार र पुरानो मित्र माउ यिन फान र उनकी श्रीमती जापान जानुभयो। जापानमा अध्ययनरत माउ यिन फानका छोरा माउ वै मिङले पनि यो रेस्टुरेन्टलाई सहयोग गर्ने छन्। माउ यिन फान भन्छन्- "जापान आउँदा शुरुमा कुनै पनि शा श्येन रेस्टुरेन्ट थिएन। म शा श्येनमा हुर्कें। मलाई शा श्येन खाजा निकै मन पर्छ। हाल जापानमा पहिलो शा श्येन रेस्टुरेन्ट खोलिएको छ र मेरो सपना साकार भएको छ।"

वाङ युआन याउकाअनुसार, हाल रेस्टुरेन्टका ग्राहकहरूमा पहिला चीन गएका वा चिनियाँ खानाप्रति चासो लिएका जापानीबाहेक, ७० प्रतिशत ग्राहक चिनियाँ छन्। आगामी दुई वा तीन वर्ष जापानमा दुईदेखि तीन सयसम्मका शा श्येन रेस्टुरेन्ट खोल्ने विश्वास वाङले लिनुभयो।


1  2  
जानकारी तथा लेखहरु