फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पञ्चेन लामाको नयाँ दरबार

(GMT+08:00) 2019-01-01 13:32:02

दरबारभित्र उर्वर वनउद्यान छ र मौसमअनुसार रङ्गीचङ्गी फूलहरू फुल्ने गर्छन् र निकै सुन्दर देखिन्छ। यो एउटा मनोरञ्जन र दृश्यावलोकन क्षेत्र पनि हो। दरबारमा बाहिर-भित्र गरी तीन वटा ढोका छन्। सबैभन्दा बाहिरको ढोकाअगाडि चार वटा आठ-कुने रातो स्तम्भ छ। ढुङ्गे संघारमा दानव, ड्रागन, तथा फलफूलको कुँदाइ छन् भने ढोकाका दुई पट्टी ड्रागन, फलफुल, र बौद्ध धर्मको कथा आदिको चित्र चित्राङ्कन गरिएको छ। सुक्ष्म रूपमा कोरिएका चित्रहरू अत्यन्त सुन्दर देखिन्छन्। पहिलो ढोकाबाट प्रवेश गरी साना टुक्रा ढुङ्गा छापेको गल्ली हुँदै दोस्रो ढोका पुगिन्छ। यो ढोका भित्र दरबारको बगैँचा रहेको छ। बगैँचा पार गरेपछि भव्य तथा शानदार पञ्चेन लामाको नयाँ दरबार पुगिन्छ। पञ्चेन लामाको सुत्ने कोठा, बैठक कोठा, धर्मग्रन्थ कक्ष, बौद्ध अभिभावक हल आदि सबै दरबारमा पर्छ। प्रमुख हलमा तिब्बती ऐतिहासिक तथा सांस्कृतिक वस्तुहरू सजाएका छन्। दशौँ पञ्चेन लामा पञ्चेन अर्दिनि चोक्यी ग्याल्चेनको चित्र पनि यो हलमा राखिएको छ। चित्रहरुमध्ये पास्पाले कुब्लाइ खानसँग भेट गरे शीर्षकको भित्ते चित्र सबैभन्दा सुन्दर छ। सैन्य रणनीति, देशको शासनमा निकै सिपालु भएकोले पास्पा युआन वँशका राजा कुब्लाइ खानको धार्मिक महागुरु र तिब्बतको धार्मिक नेता बन्नुभएको थियो। आफ्नो कार्यावधिमा नै निधन हुनुभएको पास्पामाथि हालसम्म विभिन्न जातिका जनताले समान दिँदैआएका छन्।

पञ्चेन लामाको नयाँ दरबारअगाडि चेरी-एप्पलका रूखसहित धेरै प्रकारका रूखहरू छन्। त्यहाँ हरेक वसन्त ऋतुमा गुलाफी बेगोनिया फूलहरू फुल्छन्। टाढाबाट हेर्दा गुलाफी बादलहरु जस्तो देखिन्छ। ग्रीष्मकालमा फूल ओइलेर झर्छन् र हरियो पात हरिलोभरिलो देखिन्छ। अनि शरद ऋतुमा रुखमा रातो आरू र फूल फुल्छन्। जुन कसैले टिप्दैनन् र जमिनमा झर्छन् भने केही चराले पनि खान्छन्। तापनि स्वैच्छिक रुपमा पर्यटकले टिप्न सक्छन्। यस फलको स्वाद अलि अमिलो छ तर लामो समयसम्म राख्नसकिन्छ।


1  2  
जानकारी तथा लेखहरु