फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काग्यु गुम्बा

(GMT+08:00) 2019-04-09 15:32:57

काग्यु गुम्बाको क्षेत्रफल एक हजार वर्ग मिटरभन्दा बढी पुगेको छ। चारैतिर माटोको पर्खालले घेरेको छ। दक्षिणी पर्खालको पश्चिममा पर्ने ढोकाबाट प्रवेश गरेपछि बगैँचा देख्नसकिन्छ। गुम्बाको मुख्य दरबार बगैँचाको उत्तर-पूर्वमा पर्छ र गेबल तथा हिप छानाको शैलीको काठे बुइँगल छ। दरबार दुई तलाका छन् भने पहिलो तलामा बरण्डा, देव मूर्ति राखिने हल र धर्मग्रन्थ हल छन्। बरण्डाका दायाँ बायाँ दुवैपट्टि ढुङ्गे स्तम्भ राखिएका छन् भने सतहमा सुन्दर भित्ते चित्र कुँदिएको छ। चीनको सांस्कृतिक क्रान्ति अवधिमा भत्काइएको त्यसको पुनःनिर्माण गरेको थियो। बरण्डाको दक्षिणी पर्खाल नजिकमा मात्रै एक वर्ग मिटरको मूल भित्ते चित्र राखिएको छ। उक्त चित्रमा शाक्यामुनि कमलमा बस्नुभएको छ, उहाँका दुवैपट्टि चेलाहरू कचौरा लिएर उभिएका छन् साथै चारैतिर बोधिसत्व तारा, श्वेत तारा, र बज्रको चित्र छन्।

दरबारको केन्द्रमा धर्मग्रन्थ हल पर्छ। हलको मण्डपमा माटोबाट बनाइएको पद्मसम्भवको मूर्ति राखिएको छ। ती चारैतिरका भित्ते चित्र र बरण्डाका चित्रहरू सन् १९८५ मा पुनःकुँदिएका हुन्। उत्तरी पर्खालमा दुई मिटर चौडाइको मूल चित्र मात्रै राखिएको छ। धर्मग्रन्थ हलको पश्चिममा बुद्ध अभिभावक हल पर्छ। हलका मूर्तिहरु सबै बिग्रिसकेका छन् तर दुवैपट्टिका पर्खालमा मूल भित्ते चित्र संरक्षित छन्। ती भित्ते चित्र सबै नेपालको फ्रेस्को शैली जस्ता देखिन्छन् साथै गुम्बामा तामाका मूर्ति, थाङ्का, कारचोबी लगायतका बहुमूल्यवान सामग्री धेरै छन्।

काग्यु गुम्बाको दोस्रो तलामा हजारौँ संख्यामा विभिन्न रुपका सुनको जलप लगाइएका तामाका बुद्ध मूर्तिहरू छन्। त्यसलाई हजारौँ बुद्ध हल पनि भनिन्छ। प्रमुख दरबारको पछाडि एक कौसी छ जहाँबाट यातुङ नदी घाटीको समस्त सुन्दर दृश्य हेर्नसकिन्छ।


1  2  
जानकारी तथा लेखहरु