फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुर्गे राज्यको भग्नावशेष क्षेत्र

(GMT+08:00) 2019-05-14 11:14:12

युद्धबाट महल नष्ट भएको थियो र पहेँलो बालुवाबाट पहिलेको शानदार भवनहरू ढाकिएका छन्। सोह्र जना राजा र एक लाखभन्दा बढी जनसंख्या बोकेको गुर्गे राज्य सन् १६३५ मा लद्दाखको आक्रमणबाट पतन भएको थियो। त्यो राज्य किन अकस्मात् रुपमा हरायो? दश लाख मानिसको पदचिन्ह कता हरायो? यो नै हजारौँ वर्षयता गुर्गे राज्यले पर्यटक र इतिहासकारलाई आकर्षण गरेको रहस्य हो।

हाल उक्त एक्लो तथा उदास भग्नावशेष क्षेत्रमा गुम्बा मात्रै पूर्ण रुपमा संरक्षित छ। पहाडको मध्य भागमा तारा गुम्बा, रातो गुम्बा, सेतो गुम्बा, पुनःजन्म गुम्बा छन्। ती गुम्बाहरुका पर्याप्त तिब्बती निर्माण वस्तुको शैली देख्न पाइन्छ। छतको अघिल्लो भागमा सिँह, हात्ती, घोडा, मुजुर आदि जनावर कुँदिएका छन्। ती कुँदाइ र कैलाशबाट बगेका चार पवित्र नदी अर्थात् सिँह नदी, हात्ती नदी, घोडा नदी, मुजुर नदीका किम्वदन्तीबीच सम्बन्धको सम्भावना छ।

गुम्बामा रहेका गुर्गे राज्यको भित्ते चित्र गुर्गे कलाको बूटिक हो। केही शताब्दी पुरानो भए पनि हालसम्म अझै शानदार देखिन्छ। ती भित्ते चित्रमा बौद्ध धर्मको कथा, किम्वदन्ती र तत्काल गुर्गे मानिसको काम र जीवन आदि विषय समावेश छन् र निकै प्रशस्त विषय छन्। ती शानदार चित्रहरुबाट पहिला गुर्गे राज्यको राजनितिक, आर्थिक, सांस्कृतिक अवस्थाबारे बुझ्नसकिन्छ र गुर्गे राज्यको विकास र पतन भएको इतिहासबारे पनि बुझ्नसकिन्छ। गुर्गे राज्यमा प्रशस्त सुन-चाँदी पनि थिए। थोलिङ गुम्बा र तुङगापियाङ गुफा भित्ते चित्र भग्नावशेष क्षेत्रमा सुनबाट लेखिएको धर्मग्रन्थ पनि धेरै पाइन्छ। ती किताबहरुमा एक लाइन पातलो सुनबाट लेखिएको छ भने अर्को लाइन पातलो चाँदीबाट लेखिएको छ र यो अतुलनीय छ।


1  2  
जानकारी तथा लेखहरु