फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जादा बालुवा वन

(GMT+08:00) 2019-05-21 09:47:49

तिब्बती भाषामा जादाको अर्थ घाँससहितको तल्लो भागको ठाउँ हो। पहिला जादा बालुवा वनलाई आलि क्षेत्रको सबैभन्दा विशेषतायुक्त दृश्यावलोकन क्षेत्रको रुपमा राखेको थियो। सयौँ वर्ग किलोमिटरको बालुवा वनमा उभिएर यसको अन्तिम सीमा हेर्न सकिँदैन। जसले आलि क्षेत्रको ऐश्वयपूर्ण अनुभव थपेको छ तर सूर्यस्त हुँदा यस ठाउँलाई पक्षपात गरेको लाग्छ तापनि शान्त रूपमा आफ्नो पुरानो इतिहासबारे जानकारी दिइरहेको छ।

आजभन्दा ११०० वर्षअघि जादा क्षेत्रमा बलियो गुर्गे राज्य थियो। हाल प्राचीन राज्यको भग्नावशेष पश्चिमी जादा जिल्लामा छ। त्यहाँ घर भवन र बौद्ध मिनारको भग्नावशेष तीन सय मिटरको पहाडमा फैलिएको छ र ठूलो मात्राको प्राचीन भवन समूह बनेको छ।

समुद्र सतहदेखि चार हजार मिटरभन्दा अग्लो हिमाली पठारमा गुर्गे राज्यले सिर्जना गरेको भव्य शहर, कडा क्षेत्रीय प्रणालीलगायत सबै गइसक्यो तर टुटेफुटेको भग्नावशेष र पहेँलो बालुवा मात्रै बाँकी छ। हाल भग्नावशेषमा भेट्टाइएका कुँदाइ र भित्ते चित्रहरु मात्र उक्त रहस्यमय प्राचीन राज्यले हामीलाई छोडेको एक मात्रै चिन्ह हो।


1  2  3  
जानकारी तथा लेखहरु