फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चारिनामछो ताल

(GMT+08:00) 2019-06-25 15:31:48

चारिनामछो ताल लामो समयसम्म खुला नगरिएकोले र अत्यन्तै उच्च खनिजयुक्त भित्री भूमिको नूनिलो ताल भएकोले तालको पानी समुद्रको जस्तै नीलो र आकर्षक देखिन्छ। तालको बगरमा निकै धेरै केरेक्स लांसोलाटा र स्टिपा पुरपुरिया जातका रूखहरू छन्। सामान्य समयमा यहाँका पशुपालकले चौँरी र खसीको पालन गर्छन्। नीलो तालको छेउमा पशुपालकको मीठो गीत सुन्दा घाँसे गन्धसँगै चलेको हावाले विशाल घाँसे मैदान र श्रृंखला पर्वतको दृश्य निकै आनन्ददायी लाग्छ र यसले धेरै पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

हजारौँ वर्षअघि चारिनामछो ताल नजिक ठूलो ज्वालामुखी विष्फोटन भएको थियो। तालभन्दा ठ्याक्क उत्तरतिर समुद्र सतहदेखि ५१७४ मिटरको उचाइमा मुनो पहाडको अग्लो शिखर छ जुन बीस तीस करोड वर्षअघि समुद्र तलको कालो चुनढुङ्गाबाट गठित भएको हो अनि नीलो र आकर्षक ताल सतहसँग ठूलो विषमता देखिएको छ।

मुनो पर्वतको शिखर आरोहण गरेपछि चारिनामछो तालको दृश्य सबै हेर्नसकिन्छ। पर्वतको दक्षिणी भेगमा चापको आकारको एक बालुवाको तटबन्ध छ र दक्षिण-पूर्वतिर फैलिएर ताल केन्द्रको अलग टापुसम्म पुगेको छ। पर्यटकहरू बालुवाको तटबन्धमा हिँडेर अलग टापुसम्म पुग्नसक्छन्। सो अवसरमा करोडौँ वर्षअघि ज्वालामुखी विष्फोटनबाट निस्केका लावाका चिन्ह र छापहरू अवलोकन गर्दै हिमाली पठारमा ठूलो परिवर्तनको अनुभव लिनसकिन्छ।


1  2  
जानकारी तथा लेखहरु