फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ य शहरको ग्रामीण पर्यटनबाट किसान र पशुपालक धनी

(GMT+08:00) 2019-08-16 09:01:43

वाङ सान च्युनकाअनुसार, सन् २०१८मा सी ल्यौ कौ गाउँको आर्थिक कुल आम्दानी ४८ लाख ७० हजार चिनियाँ युआन पुगेको थियो, किसान तथा पशुपालकको प्रति व्यक्तिको सरदर आम्दानी १७ हजार ६सय ९७ चिनियाँ युआन पुगेको थियो। हालसम्म समस्त गाउँका पाँच वटा होम्स्टे छन्। गत वर्षमा ती होम्स्टेको मिर्मत गरिएको थियो। सन् २०१८मा सी ल्यौ कौ गाउँले पाँच हजार दुई सय जना भित्र्याएको थियो। पर्यटन आम्दानी सात लाख चिनियाँ युआन पुगेको थियो।

चाङ य शहरको ग्रामीण पुनःउत्थान मोडेल समन्वय टोलीको कार्यालयका अधिकारी मा मिङ छिङले सी ल्यौ कौ गाउँको विकास चाङ य शहरले ग्रामीण पुनःउत्थानलाई सशक्त रुपमा अगाडि बढाएको कारण हो भन्ने कुरा बताउनुभयो। मा मिङ छिङ भन्नुहुन्छ "पहिलो चाङ य शहरले परियोजनाको निर्माणलाई गति प्रदान गर्ने, विशेषतायुक्त व्यवसायको विकास र ट्रेड मार्काको निर्माणलाई अगाडि बढाउने, किसानको आम्दानीको स्थिर बृद्धि बढाउने छ। दोस्रो, पर्यावरणीय वातावरणको संरक्षण तथा सुधार गर्ने छ। तेस्रो, अधिकारीलाई क्षमताको तालिम दिने, एक लाख जना ग्रामीण वरिष्ठ व्यक्ति हुर्काउने, शहरका वरिष्ठ व्यक्ति र रोजगार पाउन शहर गएका स्थानीय किसानलाई भित्र्याउने छ। चौथो, ग्रामीण साँस्कृतिक पुनःउत्थानको पाइलालाई गति प्रदान गर्ने छ।"


1  2  
जानकारी तथा लेखहरु