
नेपाल क्राफ्टका सुवर्ण कार्यशाला सफलताका साथ सम्पन्न भएकोमा खुसी छन्। उनले यो श्रेय आफ्नी श्रीमतीलाई दिएका छन्। बिगत बाह्र/तेह्र वर्षदेखि चीनलाई कर्मथलो बनाएका सुवर्णले चिनियाँसँग नै घरजम गरेका छन्। दुवै जनाले नेपाली हस्तकलाको पसल खोलेर नेपाली संस्कृतिको प्रचारप्रसार गर्दैआइरहेका छन्। सुवर्णकी श्रीमती स तानफिङले भनिन्, यहाँ केही चिनियाँहरूले नेवारी थाङ्कालाई निकै महत्व दिएका छन्, उनीहरूले नेपालबाट बहुमुल्य थाङ्का ल्याइ घरमा सजाउने गरेका छन् । हामीले एक कदम बढेर यहीँ नेवारी थाङ्काको कार्यशालासँगै प्रचारप्रसार गर्न खोजेका हौं। उक्त कार्यशाला अगस्त १० देखि दश दिनका लागि भनी गरिएको थियो।
तिब्बती थाङ्का विश्व प्रसिद्ध छ। त्यसै गरी नेवारी पौभा पनि हाल विश्वमा थाङ्काको रूपमा नै प्रचलित छ । थाङ्कामा बौद्ध धर्मसँग सम्बन्धित् देवदेवीलगायतकाका चित्र तथा कथा कोरिएको पाइन्छ।
1 2 3 4