फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बोनरी पवित्र पहाड

(GMT+08:00) 2019-08-28 14:38:49

तिब्बतका आठ प्रमुख पवित्र पहाडमध्ये बोनरी पवित्र पहाड जस्तो बाहिरबाट वास्तविक रुप स्पष्ट देख्न गाह्रो भएको अरु पहाड छैन। किनभने बोनरी पवित्र पहाडको विशेष प्रमुख शिखर छैन। वास्तवमा समस्त पहाड पर्वत श्रृंखला मिलेर बनेको छ र बादलबीच उभिएको छ। त्यसैले पवित्र पहाडमा घुमे पनि बोनरी पवित्र पहाडको वास्तविक रुप देख्न गाह्रो छ। बोनरी पवित्र पहाड एक रहस्यमय आरक्षण क्षेत्र जस्तो देखिन्छ साथै तिब्बती संस्कृतिको वास्तविक मूलमध्येको एक पनि हो।

बोनरी पवित्र पहाड तिब्बती क्षेत्रको प्राथमिक धर्म अर्थात् बोन धर्मले मान्ने पवित्र पहाड हो। किम्वदन्ती अनुसार, पहिला तिब्बतमा बोन धर्म र बौद्ध धर्मबीच संषर्घ भइरहन्थ्यो। बोन धर्ममा बौद्ध धर्मको विरोध गर्ने पहिलो धर्मावलम्बीको नाम आछ्युङच्येबो हो। उनले पद्मसंभवसँग संभवतः पहिलो पटक शक्ति देखाउने प्रतिस्पर्धाका लागि भनेका थिए। त्यस पश्चात् पद्मसंभवले दाया नदी र न्याङ नदी मिलेको क्षेत्र पुगेर सर्वश्रेष्ठ शक्तिको आधारमा तिव्र हावा संकलन गरेका थिए र समस्त गाउँ र रुखहरुलाई ढलाउन खोजेका थिए। त्यसपछि आछ्युङच्येबोले विशाल ढुङ्गा लिएर रुखको सामना गरी तिव्र हावाबाट वनस्पति र गाउँलाई बचाएका थिए। त्यसै हुनाले हालसम्म सो क्षेत्रका रुखहरु टेढो भएको जनविश्वास छ। स्थानीय पशुपालकका अनुसार, यो सबै पहिला शक्ति प्रतिस्पर्धाको छाप चिन्ह नै हो। त्यसपछि दुई जनाले बोनरी पवित्र पहाड तलको गुलु गाउँमा फेरि शक्ति देखाउने प्रतिस्पर्धा गरेका थिए। पद्मसंभवले ईश्वरीय शक्ति लिएर बोनरी पवित्र पहाडलाई न्याङ नदीमा धकेल्न खोजेका थिए तर आछ्युङच्येबोको विभिन्न प्रतिरोधबाट विफल बनाएको थियो। त्यसै हुनाले कुङबु क्षेत्रमा हालसम्म बोन धर्मको उत्तराधिकारको संरक्षण भइरहेको छ।

1  2  
जानकारी तथा लेखहरु