फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बोनरी पवित्र पहाड

(GMT+08:00) 2019-08-28 14:38:49

बोन धर्मले मान्ने पवित्र पहाडको रुपमा रहेको बोनरी पवित्र पहाडमा हरेक वर्ष घुम्न आउनेको संख्या निकै धेरै छन्। तर तीमध्ये धेरैजसो नाछ्यु, छाङतु, पश्चिमी स छ्वान आदि क्षेत्रबाट आएका हुन् जहाँ हालसम्म बोन धर्म लोकप्रिय छ। उनीहरु घण्टीको उल्टो दीशातिर घुम्छन् साथै घण्टीको उल्टो दिशासँगै धार्मिक पाङ्ग्रा घुमाउँछन्। बताइएअनुसार, पहाडमा प्राचीन तिब्बतको पहिलो चान्पो अर्थात् राजा ईश्वरीय अवतारको रुपमा संसारमा आएको क्षेत्र पनि छ। किम्वदन्ती अनुसार, न्यात्री चान्पो स्वर्गबाट संसारमा झर्दा खेरि यालुङमा मानिस भेटेको थियो। ती मानिसहरुले न्यात्रीलाई यालुङतर्फ बोकेर लगेका थिए र उनलाई यालुङ जनजातिको नेताको पदमा बसाएका थिए। त्यसपछि तिब्बती क्षेत्रको पहिलो दरबार युङ्गबुलाकाङ्गको निर्माण गरियो।

तिब्बती धार्मिक परम्पराका अनुसार, भेडा वर्ष हुँदा ताल घुम्छ भने घोडा वर्ष हुँदा पहाड घुम्छ। तिब्बती पात्रोको हरेक घोडा वर्षको आठौँ महिना हुँदा धर्मावलम्बीले बोनरी पवित्र पहाडमा घोडा वर्षमा पाङ्ग्रा घुमाउने ठूलो कार्यक्रमको आयोजना गर्ने गर्छन्। यसबाहेक तिब्बती प्राचीन कथाका अनुसार, बोनरी पवित्र पहाड बाँदर वर्षको हो त्यसैले तिब्बती पात्रोको हरेक बाँदर वर्ष हुँदा धेरै बोन धर्मका विश्वासीले टाढा टाढाबाट यहाँ आएर जमिन ढोक्दै कोरा लाएर प्रार्थना गर्छन्। बोनरी पवित्र पहाडमा एक चरण घुम्न सत्तरी माइल लाग्छ र पैदल हिँड्न एक दिन एक रात चाहिन्छ। घुम्ने बाटोमा धेरै पुरातात्विक साइट छन्। पहिला त्यहाँ सात वटा बोन धर्मको गुम्बाका साथै अरु आठ वटा पवित्र तातोपानी थियो।

स्थानीयका अनुसार, यदि बादल र कुहिरोबाट घेरिरहेको बोनरी पवित्र पहाडको साँचो रुप देखियो भने जीवनभरि सौभाग्य हुन्छ। हरेक घमाइलो बिहान छिङ हाइ-तिब्बत पठारमा सुन्दर सूर्योदय दृश्य हेर्नसकिन्छ। सूर्योदयसँगै बादल पनि परिवर्तन हुने गर्छ। वायुप्रवाह तल माथि भइरहन्दा उपत्यकाबाट पनि विभिन्न बादल समूह उठ्ने गर्छ। तीमध्ये केही बादल शिखरलाई पास गरी वायुप्रवाहसँग झरना जस्तो फेरि उपत्यकामा झर्छ। जसबाट बोनरी पवित्र पहाडको रहस्य र सुन्दरता झल्किन्छ।


1  2  
जानकारी तथा लेखहरु