फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी" पहिलो पटक थाइल्याण्डमा

(GMT+08:00) 2019-10-21 09:30:34

थाइल्याण्डको संस्कृति मन्त्रालयले यस पटकको प्रदर्शनीको उद्देश्य थाइल्याण्डका वासिन्दाहरुले नजीकैबाट विश्व सांस्कृतिक सम्पदाको अवलोकन गर्नु, ऐतिहासिक ज्ञानको प्रचार-प्रसार, महान पूरातात्विक वस्तुको प्रदर्शनी गर्नु तथा मानव जातिको उन्नतिशील संस्कृतिको प्रसारण गर्नु हो। चीन र थाइल्याण्ड दुई मुलुकका पूरातात्विक वस्तु संस्थाले तीन वर्षसम्म निरन्तर रुपमा सम्पर्क तथा प्रयत्न गरेपछि चीनको पल्लो शान सी प्रान्तका मूल्यवान पूरातात्विक वस्तुहरु थाइल्याण्डमा प्रदर्शन गर्न सफल भएको हो। यस पटकको प्रदर्शनीले दुई पक्षबीचको सांस्कृतिक सहयोगलाई अघि बढाउने विश्वास मैले गरेको छु।

थाइल्याण्डका लागि चिनियाँ राजदूत ल्यु चनले उद्घाटन समारोहमा बोल्दै यस पटकको प्रदर्शनीले चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा थाइल्याण्डका प्रधानमन्त्री प्रयाद चन-ओचाबीच चालू वर्षको अप्रिल महिनामा "बेल्ट एण्ड रोड" सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सम्पन्न महत्वपूर्ण सहमति अर्थात् जनस्तरीय आदान-प्रदानलाई सबल पार्ने विषयलाई व्यवहारमा उतारेको व्यक्त गर्नुभयो। सो प्रदर्शनी थाइल्याण्डेलीहरुले चिनियाँ सभ्यता तथा मूल्य र चीनको परम्परागत धारणाबारे जानकारी लिने आँखीझ्याल बन्नसक्ने आशा पनि उहाँले गर्नुभयो।


1  2  3  
जानकारी तथा लेखहरु