फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# "वनछङ राजकुमारी" विषयक नाटकबाट तिब्बती गाउँ समृद्ध 2

(GMT+08:00) 2019-10-22 10:37:43

आफूलाई नाच मन पर्ने र नाटकमा अभिनय गरेर पैसा कमाउने मात्रै नभइ प्राचीन तिब्बती नाच तथा संस्कृतिको जगेर्ना गर्ने आशा पनि लाभूछरेनले लिएका छन्। उनी भन्छन्

"हाल म तिब्बतको पूरानो लोकप्रिय नाच नाच्छु। बाहिर क्षेत्रबाट आएका पर्यटकले जातीय कुरा हेर्न मन पराउँछन्। तिब्बत जातीय नाचको उतराधिकार बनेर अझ धेरै मानिसलाई तिब्बती संस्कृतिबारे जानकारी दिने आशा छ।"

एकातिर सपना हो र अर्कोतिर जीवन हो। तिब्बती गाउँबाट हिँडेका युवाले आफ्नो बढेको पाइला रोक्दैनन् र प्रयास निरन्तर जारी छ। गाउँकै अर्की २२ वर्षे केटी दछिङड्रोका विद्यालयबाट स्नातक भएपछि एकातिर सरकारी जागीरका लागि परीक्षाको तयारी गरिरहेकी छिन् साथै नाटकमा पनि अभिनय गर्दैछिन्।

"साथीहरूसँगै ज्यादै खुशी लाग्यो। मलाई नाच्न मन पर्छ। साथै हरेक महिनामा तीन हजारभन्दा बढी युआनको आम्दानी गर्छु।"

प्राप्त जानकारीअनुसार, नाटकमा गाउँलेहरूको मात्र सहभागिता छैन गाउँलेका याक, घोडा र भेडाहरूको पनि दृश्य छ। ती जनावरहरूबाट पनि गाउँलेको परिवारमा धेरै आम्दानी थपिएको छ। जसबाट हेर्दा "वनछङ राजकुमारी" विषयक नाटकले वास्तविकतामा उक्त तिब्बती गाउँमा ठूलो परिवर्तन ल्याएको छ। जसले स्थानीय सर्वसाधारणलाई धनी तथा समृद्ध बन्ने मार्ग देखाएको छ।

उक्त कार्यक्रम सुरू भएदेखि टिकटको विक्री, अभिनेता-अभिनेत्री, खानपान, होमस्टे लगायतका क्षेत्रमा गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा चार हजार जनाभन्दा बढीले रोजगारी पाएका छन्।


1  2  
जानकारी तथा लेखहरु