फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छुङछिनखादो

(GMT+08:00) 2019-10-30 09:59:19

तिब्बती लोक क्षेत्रको परम्परागत घोडा प्रतियोगिताको लागि घोडाको प्रजाति वा घोडा चढ्ने तरिकासम्बन्धी विशेष नियम छैन। जसले अन्तिम रेखालाई पार गर्छ उ नै विजयी हुन्छ। नाछ्यु घोडा दौड प्रतियोगितामा दौड्ने ट्र्याक पनि छैन साथै कुनै नियम पनि छैन अनि प्रतियोगिताको गतिको रिकर्ड पनि छैन। जहाँ च्याप्टो तथा फराकिलो क्षेत्र छ त्यहाँ प्रतियोगिता गरिन्छ। प्रतियोगिता सुरू भएको संकेत पाएपछि सबै प्रतियोगी वेगसित दौडन्छन्। अन्तिम रेखामा एउटा डोरी मात्रै हुन्छ। जसले अन्तिम रेखालाई पहिले पार गर्छ उनै विजेता हुन्छ।

घोडादौड प्रतियोगिताको अवधिमा पर्यटक र स्थानीय तिब्बतीहरु दाजु-भाइ जस्तै देखिन्छन्। उनीहरु स्वभाविक रुपमा भीडभित्र पेश गर्छन् र मासु तथा रक्सी खान्छन्। सुनसान क्षेत्रमा बसेर आराम गर्छन्। वरिपरि रङ्गीन फूलहरु, आकाशसँग मिलेको विशाल घाँसेमैदान, निलो आकाश, हावासँगै उडिरहेको सेता बादल, चरिरहेका भेडा र चौँरी-गाईहरु, यी सबै मिलेर एउटा निकै सुन्दर चित्र बनेको जस्तो देखिन्छ र स्वर्गीय आनन्द मिल्छ।


1  2  
जानकारी तथा लेखहरु