फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्याङथाङ पठार

(GMT+08:00) 2019-11-06 15:15:17

छ्याङथाङ पठारको जमेको माटो भूमि विश्वको मध्य तथा कम अक्षांश क्षेत्रमध्ये समुद्र सतहदेखि सबभन्दा अग्लो अनि सबभन्दा ठूलो पर्माफ्रोस्ट क्षेत्र हो साथै उत्तरी तिब्बतको विशेषतायुक्त स्थल परिदृश्य पनि हो। जमेको माटो भूमि क्षेत्रमा पग्लिएर बगेका माटोमिश्रित हिम तथा बरफ लगायत विभिन्न विशेष भौगोलिक अवस्था देख्नसकिन्छ। साथै दुर्लभ देखिने जल-ज्वालामुखी निस्किने अवस्था पनि देख्नसकिन्छ। छ्याङथाङ पठारको फन्को यात्रामा र ठाउँठाउँमा स्प्रिङ्गहरू देख्नसकिन्छ भने वाष्प उडिरहेका, तातो कुण्ड, जस्ता विविध स्प्रिङ आदि छन् र हट एयर इन्जेक्सन सबभन्दा अग्लो भागमा सत्तरी मिटरसम्म पुगेको छ। त्यसैले यसलाई विश्व भू-उष्णताको सङ्ग्रहालय पनि भनिन्छ।

जोखिम यातायात र प्रतिकुल जलवायुको कारणले इतिहासदेखि हालसम्म छ्याङथाङ पठारमा मानिसहरू पुग्नु दुर्लभ नै छ तापनि केही पशुपालकहरू उक्त जोखिमयुक्त प्राकृतिक वातावरणमा बस्दैआएका छन्। उत्तरी तिब्बती पठारको पश्चिमी क्षेत्रमा सय माइलसम्म मानिस देखिँदैन। हैह-आलि राजमार्गभन्दा उत्तरमा पर्ने छ्याङथाङ पठारको उत्तरी भागलाई मानवबिहिन उत्तरी तिब्बती क्षेत्र पनि भनिन्छ।

छ्याङथाङ पठार र मानवबिहिन उत्तरी तिब्बती क्षेत्रमा घुम्नु एउटा चुनौतीपूर्ण साहसिक यात्रा हो। त्यसको लागि स्वस्थ शरिर र असाधारण साहस चाहिन्छ। छ्याङथाङ पठार घुम्ने सबैभन्दा उत्तम समय जुन, सेप्टेम्बर र अक्टोबरको सुरुमा हो त्यतिखेरको तापक्रम अनुकुल हुन्छ, दृश्य पनि अति नै मनोरम हुन्छ साथै वर्षाबाट पनि जोग्नसकिन्छ त्यसैले मार्गको अवस्था पनि राम्रो रहन्छ। मानवबिहिन क्षेत्रमा प्रवेश हुनुअगावै खाद्यपदार्थ, खानेपानी, औषधि, बाक्लो लुगा, जीपीएस नेभिगेशन उपकरण आदि आवश्यक सामग्री तयार राख्नुपर्छ। उत्तरी तिब्बती पठारभूमि जङ्गली जनावरको स्वर्ग हो। सो क्षेत्रमा पुग्दा वातावरण र जनावरको संरक्षणमा निकै ध्यान दिनुपर्छ।


1  2  
जानकारी तथा लेखहरु