फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ लालटिन महोत्सवद्वारा चीन-चिली मित्रतालाई अघि बढाइएको

(GMT+08:00) 2019-11-25 09:34:06

गत अक्टोबर ३० तारिख "चीनको महसूस गरौं, चीनको विशेष लालटिन" शीर्षकमा चिनियाँ लालटिन महोत्सव चिलीको राजधानी सान्टियागोमा उद्घाटन गरिएको थियो। चीनको स छ्वान प्रान्तको च कुङ लालटिन समूहद्वारा डिजाइन तथा उत्पादित ३० वटा ठूला तथा विभिन्न आकारका लालटिनले सान्टियागोको रातिलाई उज्ज्यालो बनाएको छ।

अक्टोबर ३० तारिख बेलुका चिलीको राजधानी सान्टियागोमा अवस्थित परिवार पार्कमा स छ्वान प्रान्तको च कुङ शहरमा उत्पादित ३० वटा लालटिनले अंध्यारो आकाशलाई उज्ज्यालो बनाएको छ। यसै बीच "चीनको महसूस गरौं, चीनको विशेष लालटिन" शीर्षकमा चिनियाँ लालटिन महोत्सव औपचारिक रुपमा शुरु भएको छ। सन् २०२० को जनवरी १५ तारिखसम्म सान्टियागोका नागरिकहरुले रङगीचङगी लालटिन, छङ तुको विशेष संस्कृति तथा गैर-भौतिक संस्कृति प्रदर्शनको अवलोकन गर्न पाउने छन्। सो प्रदर्शनमा राखिएका सम्पूर्ण लालटिनहरु "चीनको सबैभन्दा उत्कृष्ट लालटिन" मानिएको स छ्वान प्रान्तको च कुङ शहरबाट ल्याइएका हुन्। च कुङ लालटिन समूहले सो महोत्सवका लागि "हेभेन टेम्पल", "समृद्ध चीनको ड्रेगन डुंगा", "पाण्डाको घरबार" लगायत चिनियाँ विशेषतायुक्त लालटिन को उत्पादन गर्नुका साथै विभिन्न किसिमका फूल, जनावर, कीरा तथा कार्टुन लगायत प्रचलित आकारको लालटिन उपलब्ध गराएको छ।

चीन र चिली बीचको दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा आदान-प्रदान गरिने एउटा महत्वपूर्ण विषयको रूपमा रहेको च कुङ लालटिन महोत्सवले चिलीमा प्रवेश गरेको पहिलो पटक हो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका प्रचार-प्रसार उप-मन्त्री ल्याङ येन सुनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै लालटिन महोत्सवमार्फत चिलीका जनताले चिनियाँ संस्कृतिप्रति अरु बढी जानकारी लिनसक्ने आशा राख्नुभयो। उहाँ भन्नुहुन्छ,

आगामी वर्ष चीन-चिली बीचको दौत्य सम्बन्धको स्थापनाको ५०औं वर्ष हो। हामीले यस सुअवसर छोपेर बारम्बार आदान-प्रदान गर्ने, संस्कृति, शिक्षा, खेलकुद तथा पर्यटन लगायत क्षेत्रमा आपसी सहयोगको विस्तार गर्ने, दुई मुलुकका जनता बीचको मित्रतालाई निरन्तर रुपमा सुदृढ पार्ने छौं।

1  2  
जानकारी तथा लेखहरु