फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ लालटिन महोत्सवद्वारा चीन-चिली मित्रतालाई अघि बढाइएको

(GMT+08:00) 2019-11-25 09:34:06

उद्घाटन समारोहमा सहभागी हुनुभएका चिलीको पार्क विभागका जिम्मेवार व्यक्ति अलेक्जेन्डर मोनटालबाले चिलीका आबास तथा शहर परिकल्पना मन्त्री क्रिस्टिन मोनकेबर्गकातर्फबाट चीनलाई कृतज्ञता ज्ञापन गर्नुभएको थियो। यसका साथै उहाँले चिनियाँ लालटिन महोत्सव चिलीमा पहिलो पटक प्रवेश भएको अवसरलाई एउटा शुरुआत बनाएर चिली र चीन बीचको अरु बढी सांस्कृतिक आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने अपेक्षा पनि गर्नुभयो। उहाँ भन्नुहुन्छ,

चिलीको पार्क विभागले परिवार पार्कमा चिनियाँ लालटिन महोत्सवको आयोजना गरेकोमा स्वागत तथा खुसी व्यक्त गरेको छ। यी रङगीचङगी लालटिनले चिलीका हजारौं नागरिकलाई खुसी ल्याउनसक्ने आशा हामीले गरेका छौं।

जन गणतन्त्र चीनसँग दौत्य सम्बन्धको स्थापना गरेको दक्षिण अमेरिका महाद्वीपको पहिलो मुलुक चिली थियो। चिलीले चीनको पूर्ण बजारमूखी अर्थतन्त्रको स्वीकार गरी चीनसँग द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ। चिली चीनसँग "बेल्ट एण्ड रोड" को संयुक्त निर्माण गर्ने एउटा महत्वपूर्ण सहयोगात्मक साझेदार पनि हो। वितेका दश वर्षको अवधिमा चीन निरन्तर रुपमा चिलीको पहिलो व्यापारिक साझेदार बनिसकेको छ। चिलीका लागि चिनियाँ राजदूत स्य्वी पुले उद्घाटन समारोहलाई सम्बोधन गर्दै दुई मुलुक बीचको सम्बन्धको स्थायी विकासका लागि दुई मुलुकका जनता बीचको आदान-प्रदान, जानकारी तथा विश्वास महत्वपूर्ण रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

वितेका ५० वर्षमा पुस्ता पुस्तौंको प्रयासमार्फत चीन र चिली बीचको सम्बन्धमा फड्को मार्ने विकास भएको छ। लालटिन महोत्सवले दुई मुलुकका जनता बीचमा जानकारी प्राप्त हुने साथै विश्वासलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास मैले गरेको छु।


1  2  
जानकारी तथा लेखहरु