फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको प्रचारप्रसार कार्यक्रम न्यूयोर्कमा

(GMT+08:00) 2019-11-28 15:15:04

स्थानीय समय नोभेम्बर 25 तारिख तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको प्रचारप्रसार कार्यक्रम न्यूयोर्कमा आयोजना भएको छ। हालसम्म चालीसभन्दा बढी अमेरिकी व्यवसायले तेस्रो एक्स्पोमा भाग लिन दर्ता गरेका छन्। सोही दिन चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो व्युरोका उपप्रमुख ल्यु फू श्वेले मेलामा भाग लिएका अमेरिकी व्यवसायलाई दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उपलब्धिको जानकारी दिँदै मुख्य गरी दोस्रो एक्स्पोमा अमेरिकी व्यवसायको सहभागी अवस्थाको जानकारी दिनुभएको छ। उहाँका अनुसार दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिएका अमेरिकी व्यवसायको संख्या 191 पुगेको छ भने अमेरिकी प्रदर्शनी क्षेत्रको क्षेत्रफल पूरै विदेशी मुलुकमध्ये पहिलो स्थानमा छ। सम्बन्धित तथ्याङ्कअनुसार अमेरिकी व्यवसायले इच्छा- कारोबार गर्ने रकम 12 अर्ब 96 करोड अमेरिकी डलर पुगेको छ।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले अमेरिकी व्यवसायका लागि विशाल वाणिज्य अवसर सिर्जना गरेको छ। दोस्रो आयात एक्स्पो सम्पन्न भएपछिको केवल आधा महिनामै चालीसभन्दा बढी अमेरिकी व्यवसायहरुले तेस्रो एक्स्पोमा भाग लिन भिड लागेको छ। धेरै व्यवसायले आफ्नो प्रदर्शनी क्षेत्रको क्षेत्रफललाई विस्तार गर्न अनुरोध गरेका छन्। उक्त प्रचारप्रसार मेलामा अमेरिकी शीर्ष 500 व्यवसायको एकको रुपमा आरामार्क कम्पनीको ग्लोबोल ग्राहक विभागका सहायक महाप्रबन्धक जेफ जेटेलले जानकारी दिनुभएअनुसार चीनमा आरामार्कको कर्मचारीको संख्या 35 हजार बराबर छ। हाल केही वर्षयता आरामार्कको व्यापार चीनमै तिब्र गतिले बढ्दै आएको छ। आयात एक्स्पोको सहभागिताले आरामार्क लागि अझ राम्रो विकास अवसर ल्याउने छ।

1  2  
जानकारी तथा लेखहरु