फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको प्रचारप्रसार कार्यक्रम न्यूयोर्कमा

(GMT+08:00) 2019-11-28 15:15:04

अमेरिका-चीन चेम्बर अफ कमर्सका अध्यक्ष एवं चिनियाँ बैंकको अमेरिकी क्षेत्रका अध्यक्ष सु चनका अनुसार चीन र अमेरिकाबीचको व्यापारिक विवादले अमेरिकी व्यवसायद्वारा चिनियाँ बजारप्रति लिइएको ध्यान र हार्दिक भावनालाई रोक्न सक्दैन। अमेरिकी व्यवसाय र स्थानीय सरकारले उक्त आयात एक्स्पोलाई निकै जोड दिएको छ। आयात उक्स्पोमा भाग लिएका धेरैजसो अमेरिकी स्थानीय सरकार र वाणिज्य तथा व्यापारिक व्यक्तिहरुले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो जस्तै मञ्चको प्रयोग गर्दै चीनसँगको सहयोगला गहन पार्ने इच्छा व्यक्त गरेका छन्।

न्यूयोर्कका लागि चिनियाँ महावाणिज्यदूतालयका वाणिज्य काउन्सिलर कु छुन फाङले प्रचारप्रसार कार्यक्रममा बताउनुभएअनुसार अमेरिकी व्यवसायले उच्च हार्दिक भावनाले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिएबाट चीन र अमेरिकाका व्यवसायबीचको सहयोग काट्न सकिँदैन। भविष्यमा यी दुबै पक्षबीचको सहयोगमा ठूलो संचिति शक्ति रहेको छ।

हवस्त श्रोता, आजको लागि यत्ति नै। हाम्रो अर्थ जगत कार्यक्रम निरन्तर सुन्दै जानुहोला। आजको कार्यक्रमबाट म मुनालाई विदा दिनुहोस्। नमस्कार।


1  2  
जानकारी तथा लेखहरु