फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति परियोजना निरन्तर रुपमा पूर्ण हुँदै

(GMT+08:00) 2019-12-02 08:48:34

सन् २०१९ कन्फ्युसियस इन्स्टिच्यूटको मुख्यालयको "खुला दिवस" गत नोभेम्बर ८ तारिख पैचिङमा आयोजना गरिएको छ। चालू वर्ष "कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति" परियोजना स्थापनाको दशौं वार्षिकोत्सव हो। कन्फ्युसियस इन्स्टिच्यूटका सम्बन्धित जिम्मेवार व्यक्तिका अनुसार, वितेका दश वर्षदेखि कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति परियोजना निरन्तर रुपमा पूर्ण हुँदै आएको छ। कन्फ्युसियस इन्स्टिच्यूट १६६ मुलुक तथा क्षेत्रका ४८००० विद्यार्थीलाई पढ्ने मौका प्रदान गरी विभिन्न मुलुकका चिनियाँ भाषाका शिक्षक तथा चिनियाँ भाषा सम्बन्धी दक्ष व्यक्तिलाई तालिम दिने ठाउँ बनिसकेको छ।

कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना सन् २००४ मा भएको थियो। १५ वर्षसम्मको विकास क्रममा यसले चिनियाँ भाषा सिक्ने करोडौं विद्यार्थीहरुलाई चिनियाँ संस्कृति सिकाउने अवसर प्रदान गरेको छ। कन्फ्युसियस इन्स्टिच्यूटले विभिन्न मुलुकका जनताको व्यापक स्वागत तथा उच्च प्रशंसा प्राप्त गरी विश्वले चीनबारे पहिचान लिने एउटा महत्वपूर्ण चौतारो बनिसकेको छ। कन्फ्युसियस इन्स्टिच्यूटको मुख्यालयका उप-निर्देशक मा चेन फै यसबारे जानकारी दिँदै भन्नुहुन्छ,

1  2  3  
जानकारी तथा लेखहरु