फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# युगुर स्वायत प्रदेशको शिशु विद्यालयको कथा-1

(GMT+08:00) 2019-12-03 10:07:49

सन् २०१४ मे महिनामा आयोजित युगुर स्वायत प्रदेशको कार्य गोष्ठीमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। उहाँका अनुसार, विभिन्न जातिले एक-अर्कालाई बुझ्ने, सम्मान गर्ने, सहिष्णु हुने, कदर गर्ने, सिक्ने र सहयोग गर्ने गरी अनारको दानाजस्तै घनिष्ट रूपमा एकिकृत हुनुपर्छ। त्यसपछि अनार चीनमा जातीय एकताको प्रतीक मानिएको छ।

दिउँसो तीन बजेतिर युगुर स्वायत प्रदेशको अक्सु क्षेत्रीय मोमात्येर्क गाउँस्थित श ल्यु च अर्थात अनारको दाना शिशु विद्यालयबाट सुमधुर संगीत सुनिन्छ। त्यहाँ बाल-बालिकहरूले शिक्षिका फु पाउस्याको नेतृत्वमा संगीत पाठ सिक्दैछन्।

चालु वर्ष २२ वर्षीय शिक्षिका फु पाउस्या सिनच्याङ विद्यालयको पूर्व शिक्षक पेशेवरबाट स्नातक भएकी हो। नेटवर्कमा भर्तीको भिडियो हेरेका हुनाले कानसु प्रान्तीय जन्मथलोबाट हजारौं किमीको दूरीमा रहेको अनारको दाना शिशु विद्यालयमा पुग्नु भएको छ।

"मैले एउटा भिडियो हेरेँ। त्यसमा धेरै सुन्दर बालबालिका देखेँ। ती बालबालिकाले यसो भनेका थिए - शिक्षक, हाम्रा लागि तपाईंको आवश्यकता छ। म ज्यादै उत्साहित भएँ। त्यसपछि यहाँ आउने योजना बनाएँ। यद्यपि मेरो योगदान कम भए तापनि आफ्नो सानो शक्ति थप्ने विचार गरेकी छु।"

1  2  
जानकारी तथा लेखहरु