फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# युगुर स्वायत प्रदेशको शिशु विद्यालयको कथा-1

(GMT+08:00) 2019-12-03 10:07:49

श ल्यु च अर्थात अनारको दाना शिशु विद्यालय पर्ने मोमात्येर्क गाउँबाट गाडीद्वारा सबैभन्दा नजिकैको बस्ती कुचे बस्ती पुग्न एक घण्टा लाग्छ। यो गाउँका मुख्य बासिन्दा युगुर जातीय हुन्। उनीहरु सामान्य कुराकानी गर्नका लागि युगुर जातीय भाषा नै बोल्छन्। चच्याङ प्रान्तीय निङ पो शहरले युगुर स्वायत प्रदेशलाई सहायता गर्ने निर्देशालयका उपप्रमुख वाङ सिनफिङका अनुसार, अनुसन्धानमार्फत् गाउँका बाल-बालिकासँग मान्डारिन बोल्ने वातावरण अभाव रहेको छ। त्यसैले उनीहरूले पचास लाख युआनको लगानीमा दोभाषे शिशु विद्यालयको स्थापना गरेका छन्।

पहिला गाउँमा एउटा शिशु विद्यालय मात्र भए तापनि भौतिक पूर्वाधार कमजोर हुनुका साथै क्षेत्रफल पनि थोरै थियो। त्यसैले हामीले सहायताद्वारा श ल्यु च अर्थात अनारको दाना शिशु विद्यालयको स्थापना गरेका छौँ।

सन् २०१८ को सेप्टेम्बरमा शिशु विद्यालयको स्थापनापछि बालबालिकाका लागि शिक्षिका खोज्न गाह्रो थियो। भर्ती सूचना हेरेपछि कुचे बस्तीमा किन्डरगार्टेन शिक्षकका रूपमा तीन वर्षे कार्य गरिसकेकी चाङ च्यानले यहाँ आएर शिशु विद्यालयकी प्रमुख बन्नु भएको छ।

हाल शिशु विद्यालयमा कुल ८७ जना बालबालिका छन्। त्यसमध्ये ८६ जना अल्पसंख्यक बालबालिका हुन्। सुरूमा बालबालिकाहरूलाई कुनै मान्डारिन भाषा आउँदैनथ्यो। शिक्षिका चाङ च्युन र फू पाउच्याले उनीहरूसँग कुराकानी गर्दा धेरै कठिनाई रहेको थियो।

"सुरूमा बालबालिकाले मलाई पेट दुख्यो अथवा भोक लागेको सुनाउँदा पेटमा हात राख्थे। उनीहरुले मेरो अगाडि आएर यसरी पेटमा हात राख्दा भोक लागेको हो अथवा पेट दुख्यो भनेको हो बुझ्न सकिँदैनथ्यो।"


1  2  
जानकारी तथा लेखहरु