
यही डिसेम्बर बीस तारिख मकाउ मातृभूमिमा फर्काइएको बीसौं वार्षिकोत्सव हो। यस बीस वर्षमा मकाउको सामाजिक विकास दिनप्रति दिन बढ्दै आएको छ। मातृभूमिमा समाहित भएर"एक देश दुई व्यवस्था","मकाउ बासिन्दाद्वारा मकाउको शासन","उच्च स्वतन्त्रता"नामक नीतिको चौतर्फी लागू गरेबाट ३३ वर्ग किलोमीटरभन्दा कम क्षेत्रफल रहेको र तीन लाख चालिस हजारभन्दा कम जनसंख्या रहेको सानो शहर मकाउ विश्वव्यापी प्रतिस्पर्धामा शक्तिशाली रुपमा उभिएर बलियो बन्दै गएको देखिन्छ। वर्तमान मकाउ विश्वमा दोस्रो विश्वव्यापी पर्यटकीय केन्द्र बनेको छ। बीस वर्षको इतिहासबाट स्पष्ट रुपमा प्रमाणित भएको छ कि "एक देश दुई व्यवस्था"पूर्ण रुपमा सफल भएको छ।
1 2 3