फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# "बेल्ट एण्ड रोड" चीनको चिया संस्कृति प्रदर्शनी मस्कोमा

(GMT+08:00) 2019-12-20 09:23:29

रुसी राष्ट्रिय डुमा साँसद, डुमा संस्कृति समितिका सदस्य नाटालिया पिल्युसले उदघाटन समारोहमा चिया संस्कृति चीनको परम्परागत संस्कृतिको महत्वपूर्ण भाग भएको भन्दै यस पटकको चिया संस्कृति प्रदर्शनी चीन र रुसको दौत्य सम्बन्धको स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको प्रारुपमा आयोजना गरिएको र यसले दुई मुलुकको परम्परागत मित्रता र आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई बढाउनुका साथै रुसका जनताका लागि चीनबारे जानकारी लिने ढोका समेत खोलेको बताउनुभयो। उहाँ भन्नुहुन्छ "चिनियाँ संस्कृतिमा धेरै क्षेत्रहरू समावेश छन्। तर हरेक पटकमा चिनियाँ संस्कृतिबारे चर्चा गर्दा चिया संस्कृति सम्झन सकिन्छ। रुसमा चिया संस्कृतिको चार सय वर्षको इतिहास छ। रुसी जनतालाई चिया मन पर्छ। यस पटकको प्रदर्शनीले हामीलाई चीनको चिया कलाबारे जानकारी लिने मौका उपलब्ध गराएको छ।"

रुसका लागि चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदको कार्यालयका प्रतिनिधिका सहायक स्यू चिंगले यस पटकको चिया संस्कृति प्रदर्शनीमा सहभागी उद्योगी-व्यवसायीहरू मुख्यतःचीनको फु चेन प्रान्तबाट आएका बताउनुभयो। चीनमा सुधार तथा खुलापन नीति लागू भएको शुरुआतमा चीनको फु चेन प्रान्त र रुसले आर्थिक तथा व्यापारिक सहयोगात्मक सम्बन्धको स्थापना गरेको थियो। फु चेनका धेरै व्यापारीहरू व्यापार गर्न रुस गएका थिए। उनीहरूले फु चेनको उत्पादित-वस्तुलाई रुसी बजारमा भित्र्याएका थिए। चिया तीमध्येको एक हो। स्यू चिंग भन्नुहुन्छ "फु चेन चिया उत्पदानको मुख्य ठाउँ हो। त्यहाँ उत्पादन हुने थ्य क्वान यिन, ता हुङ भो, पाइ चिया, चमेली फूल चियालाई चिनियाँहरूले मन पराउनुका साथै केही विदेशीले पनि मन पराउँछन्। आज यहाँ आएका उद्योग-व्यवसाय फु चेनका शक्तिशाली चिया उद्योगी-व्यवसायी हुन्। उनीहरूले उत्तम गुणस्तर र धेरै किसिमको चिया ल्याएका छन्।"

1  2  3  
जानकारी तथा लेखहरु