
चीनको ह पै प्रान्तीय छाङ चौ शहरमा स्यू आइ च्यु नाम गरेकी एक "बुद्धिमानी महिला शिल्पकार" छन्। उनले केही समय महिला मजदूरको रूपमा काम पनि गरेका थिए तर बीस वर्षसम्म उनले बेरोजगार जीवन बिताएकी थिइन्। र पछिल्लो समय उनी स्वरोजगार गर्ने उत्कृष्ट महिला बनेकी छिन्। उनले चीनको परम्परागत हस्त बुनाइको "औंला टुप्पो कला"लाई मोडेर "औंला टुप्पो अर्थतन्त्र" बनाएकी छिन्। साथै उनले स्थानीय तीन हजार जना बेरोजगार महिला र ग्रामीण महिलालाई गरिबीबाट मुक्त हुने र धनी बन्ने सपना साकार तुल्याउन बाटो देखाएकी छिन्।
सन् १९९७ मा अठाईस वर्षीय स्यू आइ च्यु आफ्नो निकायको सुधारका कारण बेरोजगार भएकी थिइन्। जीविका चलाउनका लागि रोजगारको खोजीमा पैचिङसम्म पुगेकी थिइन्। पैचिङमा शुरुमा उनी भूमिगत कोठामा बसिन्। धेरै कठिनाइ देखापरे तापनि उनले हार मानेकी थिइनन्। उनले कठिन जीवनबाट निरन्तर प्रयास गर्नुपर्ने अर्थ बुझिन्। स्यू आइ च्यु भन्छिन् "तिमीसँग एक सय वटा उपाय छ भने उनान्सय पटकसम्म मात्र प्रयास गर्नुहुँदैन, हार नमानी सबै उपाय लगाउनुपर्छ। एक सय एकौं पटकको प्रयास गर्दा तिमी सफल हुने होला। मेरो स्वरोजगार क्रममा यो धारणाबाट मलाई ठूलो प्रभाव परेको छ। मैले जुनसुकै काम गर्दा एक सय गुणाले प्रयास गर्ने गर्छु र सधैं नै कोशिश गर्छु, म पछि हट्दिन।"
यही निरन्तर प्रयास गरीरहने र हरेश नखानुका कारण स्यू आइ च्युको स्वरोजगारले सफलता प्राप्त गरेको छ। उनले पैचिङको तुङ ता छ्याउमा टेबलक्लोथ पसल खोलिन्। उनको टेबलक्लोथ रुस र दक्षिण कोरियासम्म निकासी हुन्छ।
1 2