फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# कर्मठ हातहरूद्वारा गरिबी मुक्ति सपना बुनिएको

(GMT+08:00) 2020-01-10 15:53:58

ह पै प्रान्तीय छाङ चौ शहरको महिला संघले बेरोजगार महिलाका लागि आयोजना गर्ने तालिम कक्षामा स्यू आइ च्युले उनीजस्तै बेरोजगार भएकी महिलाहरू भेटेकी थिइन्। उनले सन् २०१५ मा तुङ ली छाइ च्यु नामक बुनाइ वस्तु कम्पनीको स्थापना गरिन् र "आइ याङ याङ" नामक ट्रेड मार्का दर्ता पनि गरिन्। साथै उनले बेरोजगार महिलालाई रोजगारीको अवसर उपलब्ध गराइन्।

स्यू आइ च्युको विचारमा हस्त शिल्प-वस्तु अरु उत्पादन-वस्तुसित फरक छ, हस्त उत्पादन-वस्तु बनाउने क्रममा माया र न्यानोपना पनि चाहिन्छ। बुनाइबाहेक स्यू आइ च्युले महिला कामदारको सांस्कृतिक स्तर र सौन्दर्य क्षमतालाई माथि उकास्न महत्व पनि दिएकी छिन्। उनले महिला कामदारहरूलाई रङ्गको मिलन र फेशन प्रवृत्ति सिकाउन विशेषज्ञलाई समेत निमन्त्रण गरेकी छिन्। साथै उनले महिला कामदारहरूलाई अवलोकनका लागि बाहिर जान प्रोत्साहन गरेकी छिन्।

राम्रो उत्पादन-वस्तु भए मात्र बजारमा लोकप्रिय हुने छ। बिक्री विस्तार गर्नका लागि स्यू आइ च्यु पैचिङ, शांगहाई, क्वाङ तुङआदि शहरहरू गइन्। खर्चको किफायत गर्न उनी सबैभन्दा सस्तो रेलबाट बाहिर गइन्। उनी सबैभन्दा सस्तो होटेलमा बसिन्। उनको विचारमा बजारलाई विस्तार गर्नुको सफलता उनी मात्रै नभई हजार जना दिदी-बहिनीसित सम्बन्धित छ। उनी भन्छिन् "मैले पैचिङमा स्वरोजगारी गर्ने क्रममा अलिकति सजिलो भयो। हाल धेरै दिदी-बहिनीले मसँग रोजगार गरिरहेकी छिन्। मैले बाहिर गई धेरै वटा ठेक्का पत्रहरू ल्याउने उनीहरूको अपेक्षा छ। विरामी हुँदा पनि म पसिना बहाएर पानी खाइ निरन्तर रुपमा अगाडि हिँड्ने छु।"

धेरै बेरोजगारी महिलालाई मद्दत गर्नका लागि बुनाइ वस्तु कम्पनीको स्थापना भएदेखि हालसम्म स्यू आइ च्युले "कम्पनी, बेरोजगारी महिला मजदूर वा ग्रामीण महिला"को ढाँचालाई सधैं नै कायम राखेकी छिन्। उनले ह पै प्रान्तीय छाङ चौ शहरको युन ह क्षेत्र, सिन व्हा क्षेत्र, हाई सिङ जिल्ला, यान शान जिल्ला र शान तुङ प्रान्तका केही जिल्लाहरूमा सोह्र वटा बुन्ने घरको स्थापना गरेकी छिन्। उनले तीन हजार जना महिलालाई रोजगारका लागि सहयोग गरेकी छिन्।


1  2  
जानकारी तथा लेखहरु