फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रिवोछे गुम्बा

(GMT+08:00) 2020-01-15 10:36:17

स्थानीयले रिवोछे गुम्बालाई पवित्र स्थल मान्दछन्। हरेक वर्ष धेरै अनुयायीहरू यहाँ पूजा-आजा गर्न आउँछन्। विशेष गरी तिब्बती पात्रोअनुसार हरेक छैठौँ महिनाको पन्ध्रौँ दिनको चुङछ्यु पर्व हुँदा गुम्बाभित्र र बाहिर मानिसको भीडभाड देखिन्छ। सो अवसरमा पवित्र पहाडको पूजा-आजा गर्ने, व्यापार मेला आदि कार्यक्रमको आयोजना हुन्छ।

रिवोछे गुम्बाको निर्माण र तिब्बती बौद्ध धर्मको ताक्लुङ काग्यु सम्प्रदायको विकासबीच घनिष्ठ सम्बन्ध रहेको छ। ताक्लुङ थाङपा तासि पालले स्थापना गर्नुभएको ताक्लुङ काग्यु सम्प्रदाय तिब्बती बौद्ध धर्मको तापु काग्यु सम्प्रदायको एक शाखा हो। तिब्बती बौद्धि धर्मको इतिहासमा ताक्लुङ काग्यु सम्प्रदायको उच्च स्थान र ठूलो प्रभाव छ त्यसैले सयौँ वर्षयतासम्म फैलिरहेको छ र धेरै अनुयायी छन्।

1  2  3  
जानकारी तथा लेखहरु