फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रिवोछे गुम्बा

(GMT+08:00) 2020-01-15 10:36:17

काग्यु सम्प्रदायको मातहत रहेपनि रिवोछे गुम्बाको धेरैजसो धार्मिक समारोह र ग्रन्थ विषय साक्या सम्प्रदायको हो। दुई सम्प्रदाय र सिद्धान्त मिसिएको यस्तो गुम्बा तिब्बती बौद्ध धर्ममा निकै दुर्लभ देखिन्छ। तेह्रौँ पुस्तापछि पुनर्जन्म भएको जीवित बुद्धको हातमा हस्तान्तरण गरिएको थियो। उहाँले मिङ वंशका सम्राट च्याचिङबाट हुथुखथुको नाम पाउनुभयो र रिवोछेको नेतृत्व गर्नुभएको थियो।

तिब्बती खाम क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव पारेका गुम्बामध्येको एकको रुपमा रहेको रिवोछे गुम्बाले लामो समयसम्म रिवोछे क्षेत्रमा राजनीतिक तथा धार्मिक शासन गरेको थियो। ताक्लुङमाताङ शाखाको प्रमुख गुम्बाको रुपमा रहेको रिवोछे गुम्बामातहत ५८ वटा शाखा गुम्बा थिए र साथै छाङ तु, छिङ हाइ, स छ्वान, युननान आदि क्षेत्रमा फैलिएको थियो। यो गुम्बाको लोकप्रियता बढेको बेला यहाँको स्थायी लामाको संख्या पच्चीस हजार सात सयभन्दा बढी पुगेको थियो। बीसौँ शताब्दीको मध्यकालमा पनि दुई हजारभन्दा बढी थियो। हाल गुम्बामा तीन सयभन्दा बढी लामाहरू छन्।


1  2  3  
जानकारी तथा लेखहरु