फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु थो पहाड

(GMT+08:00) 2020-02-12 14:27:17

 

फु थो पहाड बौद्ध धर्म क्षेत्रमा चीनका चारवटा प्रसिद्ध पहाडहरुमध्येको एक हो। साथै यो एउटा प्रसिद्ध टापू पर्यटन स्थल हो। यति धेरै सुन्दर र यति धेरै पूरातात्विक सामग्री तथा स्मारक भएको यो सानो टापू चीनमा एउटा मात्र हो। फु थो पहाड चीनको च च्याँग प्रान्तको हाँग चाउ खाडीदेखि पूर्वपट्टि एक सय समुद्री माइलमा पर्दछ। यो टापू चाउ शान व्दीपपुञ्जहरुमध्यको एक हो। लाम्चो आकारको साँघुरो त्यस टापूको कूल क्षेत्रफल बाह्र दसमलव पाँच वर्ग किलोमिटर छ। दक्षिण-उत्तर फैलिएको त्यस टापूको लम्बाइ आठ दसमलव छ माइल र चौडाइ तीन दसमलव पाँचमाइल छ।

बौद्ध धर्मको प्रसिद्ध थलोको रुपमा रहेको फु थो पहाडमा बयासीवटा बौद्ध विहार र चार हजारभन्दा बढी भिक्षु-भिक्षुणीहरु छन। समुद्री दृश्य र बौद्ध धर्मको अगाध वातावरणले फु थो पहाडलाई रहस्यपूर्ण रंगले ढाकेको छ।

त्यसैगरी, पर्यटकहरुका लागि यो स्थल अझ बढी आकर्षक छ।

यहाँको समुद्र मात्र नभई पहाड र वन पनि प्रसिद्ध छ। हाम्रा पूर्वजहरुले यस पहाड बारे यसरी बयान गर्नुभएको छ: पहाड र ताल सबै प्रसिद्ध ठाउँ हाँग चाउ शहरको सि हु हो, तर पहाड र समुद्र सबै प्रसिद्ध ठाउँ फु थो नै हो। यसबाट फु थो पहाडको उच्च रमणीयतालाई दर्शाइएको छ।

1  2  
जानकारी तथा लेखहरु