फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्यु ह्वा पहाड

(GMT+08:00) 2020-02-19 09:30:15

च्यु ह्वा पहाड चीनको आन ह्वी प्रान्तको छिँग याँग जिल्लादेखि बीस किलोमिटर दक्षिण-पश्चिममा अवस्थित छ। त्यसको कूल क्षेत्रफल एक सय बीस वर्ग किलोमिटर छ। त्यो पहाड चीनको प्रसिद्ध राष्ट्र स्तरीय पर्यटकीय स्थल ह्वाँग शान पहाडको एक श्रृंखला हो।

च्यु ह्वा पहाडका जम्मा उनान्सयवटा शिखर छन। तीमध्ये थ्यान थाइ, श वाँग, ल्यान ह्वा र थ्यान चु लगायतका नौवटा शिखर सबैभन्दा अग्ला शिखर हुन। श वाँग शिखर त्यहाँको मुख्य शिखर हो जसको उचाइ एक हजार तीन सय बयालिस मिटर छ।

च्यु ह्वा पहाडमा अहिले असीवटाभन्दा बढी बौद्ध विहारहरु छन जसमा तीन सयभन्दा बढी भिक्षुहरु छन। यसैकारण यो ठाउँ क्रमशः बौद्ध धर्म सम्बन्धी पर्यटन स्थल बनेको छ। बौद्ध धर्म क्षेत्रमा चीनको चारवटा प्रसिद्ध पहाडहरुमध्ये च्यु ह्वा पहाड सबैभन्दा प्रसिद्ध छ।

1  2  
जानकारी तथा लेखहरु