
थाँग वंशका एकजना निकै नाम चलेका कवी लि पाइ पनि तीन पटक त्यहाँ जानुभएको थियो। उहाँले त्यसबारे धेरै राम्रा कविता लेख्नुभएको छ।
च्यु ह्वा पहाडको साँकृतिक-प्राकृतिक दृश्य पनि निकै सुन्दर छ। त्यस पहाडका ढुंगा, पानी, चरा सबै मिलेर एउटा छुट्टै मनोहक चित्र बनेको छ।
त्यस पहाडमा ड्र्यागन खोल्सो, च्यु च खोल्सो आदि धेरै खोल्सा छन। त्यसमध्ये ड्र्यागन खोल्सोको पाँच ड्र्यागन झरना निकै भव्य छ। त्यस पहाडको सबैभन्दा अग्लो शिखर श वाँग शिखर हो। त्यसको उचाइ समुद्र सतहदेखि एक हजार तीन सय बयालिस मिटर छ। त्यसपछि क्रमशः छि स्यान शिखर र थ्यान थाइ शिखरको पालो आउँछ। त्यहाँ एक हजार मिटरभन्दा अग्ला शिखरहरुको संख्या तीसभन्दा बढी छ।
1 2