फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# घोडाबाट गश्ती

(GMT+08:00) 2020-03-10 10:25:06

फेब्रुअरी तथा मार्चमा चीनको उत्तरी क्षेत्रको मौसम अझै चिसो छ। भित्री मंगोलिया स्वायत्त प्रदेशको हुहहाउथ शहरीय छलछ्वान बस्तीको सानपुशु गाउँमा घोडा दौडेको आवाज क्रमशः खेती गर्ने ठाउँमा टाढाको क्षेत्रबाट आउने गर्छ। चिसो हावामा उज्यालो रातो झण्डा घोडाका साथ फररर गर्छ। घोडामा चढेका मान्छेहरू महामारीको रोकथाम तथा नियन्त्रण गर्ने स्थानीय गश्ती टोलीका सदस्य हुन्।

सानपुशु गाउँ हुहहाउथ र पाउथौ शहर जोडिने क्षेत्रमा पर्दछ। सामान्य समयमा त्यहाँ आवत-जावत जनसंख्या धेरै छन्। महामारी भएपछि छिमेकी बस्तीमा महामारीको रोकथाम तथा नियन्त्रण अवस्था गम्भीर भएको हुनाले यस क्षेत्रको अझ बढी नियन्त्रण तथा व्यवस्था ज्यादै महत्वपूर्ण छ।

त्यसैले छलछ्वान बस्तीका प्रमुख मानतुलाले उक्त क्षेत्रको जिम्मेवारी वहन गर्नुभएको छ। उहाँले जानकारी दिँदै भन्नुभयो- हामी र छिमेकी गाउँबीचको सिमा रेखा गाउँबीचको बाटो, प्रयोग नगरिएको खेती र खेतीबीचको सानो बाटो हो। यहाँ गोरेटा बाटाहरु धेरै हुनुका साथै स्पष्ट बाधा छैन। साथै आवतजावत गर्ने मान्छे धेरै छन्। त्यसैले यस क्षेत्रमा प्रवेश गर्ने मान्छेको रोकथाम निकै गाह्रो छ।

1  2  3  
जानकारी तथा लेखहरु