फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म संचालनमा

(GMT+08:00) 2020-03-16 15:25:52

कोरोना भाइरस एनसीपीको प्रतिरोध गर्न माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म अर्थात् अनलाइन शिक्षा प्रणाली फेब्रअरी १७ तारिखदेखि संचालनमा आएको छ। जसले समस्त चीनका माध्यमिक तथा प्राथमिक विद्यालयका करिब १८ करोड विद्यार्थीलाई घरमै बसेर पढ्नका लागि निशुल्क सेवा प्रदान गरेको छ।

माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म चिनियाँ शिक्षा मन्त्रालयले राष्ट्र, सम्बन्धित प्रान्त, शहर र विद्यालयको गुणस्तरीय शिक्षा स्रोत मिलाएर निर्माण गरेको हो। चिनियाँ शिक्षा मन्त्रालयको आधारभूत शिक्षा व्यूरोका प्रमुख ल्य्वी यु काङले राज्य परिषदको संयुक्त प्रतिरोध तथा संयुक्त नियन्त्रण व्यवस्था विषयक प्रेस सम्मेलनमा जानकारी दिंदै भन्नुभयो,

पढाईलाई पछि सार्ने अवधिमा माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म र चिनियाँ शिक्षा टेलिभिजनको एयर क्लास ग्रुप संचालनमा आएको छ। जसले निशुल्क रुपमा चीनका विभिन्न ठाउँहरुमा सेवा प्रदान गरेको छ। सो मञ्चमा भएका स्रोतहरु कोरोना भाइरस एनसीपीको प्रतिरोध सम्बन्धी ज्ञान, विशेष शिक्षा सम्बन्धी स्रोत, डिजिटल पाठ्यपुस्तक सम्बन्धी स्रोत र प्राथमिक विद्यालयबाट उच्च माध्यमिक विद्यालयसम्म सम्पूर्ण विषयको पढाई स्रोत समावेश छन्।

माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्ममा कोरोना भाइरस महामारीको प्रतिरोध सम्बन्धी शिक्षा, नैतिक चरित्र सम्बन्धी शिक्षा, विशेष विषय सम्बन्धी शिक्षा, पाठ्यक्रमको पढाई, इलेक्ट्रोनिक शिक्षण सामग्री र चलचित्र तथा टेलिभिजन सम्बन्धी शिक्षा लगायत ६ किसिमको पढाई स्रोत समावेश छन्। त्यसमध्येको पाठ्यक्रमको पढाई हालका वर्षहरुदेखि समस्त चीनमा बनाइएका पाठ्यक्रमको स्रोतमध्ये उत्कृष्ट पाठ्यक्रम छनौट गरिएर सम्बन्धित मांग अनुसार पैचिङ लगायत ठाउँहरुका दक्ष शिक्षक-शिक्षिकाले अनलाइन पाठ्यक्रम बनाएका हुन्। यी पाठ्यक्रमहरु क्रमश: अनलाइनमा राखिने छ। पहिलो सातामा १६९ वटा पाठ्यक्रमहरू राखिएका छन्। यिनीहरुमा चिनियाँ भाषा, गणित, अंग्रेजी भाषा, जीव विज्ञान, नैतिकता तथा कानूनी प्रणाली, इतिहास, भूगोल, शारीरिक शिक्षा, संगीत र कला लगायत विषयहरु समावेश छन्। ६ कक्षामा पढिरहेकी लिउ स थ्यानले फेब्रअरी १७ तारिखबाट आफ्ना सहपाठीहरुसँगै अनलाइन पढाई शुरु गरिन्। उनी भन्छिन्,

1  2  
जानकारी तथा लेखहरु