फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माध्यमिक तथा प्राथमिक विद्यालयको राष्ट्रिय क्लाउड प्ल्याटफर्म संचालनमा

(GMT+08:00) 2020-03-16 15:25:52

आज हाम्रा शिक्षकले हामीलाई अनलाइनमा महामारी प्रतिरोध तथा नियन्त्रण सम्बन्धी ज्ञान सिकाउनुभयो। त्यसका अतिरिक्त, हामीले प्राचीन कविता पढेर लेखेका छौं। अहिले सम्पूर्ण चिनियाँ जनता महामारीको प्रतिरोध गरिरहेका छन्। हामी घरमा बसेर अनलाइन कक्षा लिनुका साथै शारीरिक व्यायाम गरी महामारीको प्रतिरोधका लागि आफ्नो योगदान पुर्‍याइरहेका छौं।

प्राप्त जानकारी अनुसार, धेरै विद्यालयहरुले अनलाइन कक्षाको साथमा विच्याट अथवा एप लगायत तरिकामार्फत पढाई समूहको गठन गरेका छन्। जसबाट शिक्षक-शिक्षिकाहरुले पढाई समूहमा विद्यार्थीहरुको प्रश्नको जवाफ दिनुका साथै पढाई समूहका विद्यार्थीहरु बीच पनि समयमै सम्पर्क गर्नसकिन्छ। पैचिङबासी श्रीमती छन्ले उनका छोरासँगै भर्खरै संचालनमा आएको अनलाइन कक्षाको अनुभव गरेकी छिन्। उनी भन्छिन्,

मेरो छोरो पाँच कक्षामा पढ्छ। समग्र रुपबाट हेर्दा अनलाइन कक्षाले हरेक कक्षाको विशेषता अनुसार विशिष्ट विषय बनाएको छ। शिक्षकले पनि हरेक दिन व्यायाम गर्नुपर्ने कुरामा जोड दिनुभयो। त्यसका अतिरिक्त, हरेक पढाई समूहमा एक जना शिक्षकले विद्यार्थीहरुसँग सम्पर्क गर्छन्। यस्तो विशेष अवधिमा विद्यार्थीहरुले घरमा बसे तापनि पढाईमा प्रगति हासिल गर्नसक्ने मेरो अनुभव छ।


1  2  
जानकारी तथा लेखहरु