
हु नान प्रान्तको पश्चिमी भाग पहाडी क्षेत्र हो। जुन धेरै जातीय सर्वसाधारणको बसोबास क्षेत्र पनि हो। त्यहाँको दृश्य लाओसको उत्तरी क्षेत्रको अवस्थाजस्तै देखिन्छ। चीनमा सटीक गरिबी उन्मूलनको अनुभव सिक्नका लागि सन् २०१९ जुनमा लाओस जन क्रान्ति पार्टी केन्द्रिय समितिका महासचिव बोङनाङ भोराचिथले शपातुङ गाउँको भ्रमण गर्नुभएको थियो। सो अवसरमा उहाँले चीनबाट उपाय तथा अनुभव सिकेर सन् २०२०सम्ममा लाओसलाई अल्पविकसित अवस्थाबाट मुक्त गर्ने बताउनुभएको थियो।
चिनियाँ राष्ट्रिय तथ्याँक व्यूरोबाट प्राप्त जानकारीअनुसार, सन् २०१९मा ग्रामीण क्षेत्रका एक करोड १० लाख ९० हजार गरिब जनता गरिबीबाट मुक्त भएका छन्। निरन्तर सात वर्षसम्म चीनले हरेक वर्ष एक करोडभन्दा बढी गरिबी जनसंख्या घटाएको छ। सन् २०१९ सम्म ग्रामीण क्षेत्रमा गरिब जनसंख्या ५५ लाख १० हजार मात्र रहेको छ।
1 2 3