
केही वर्षयता चीनमा शपातुङ गाउँजस्तै झन् झन् बढी गरिब गाउँ र गरिब जिल्लाले परम्परागत कृषिबाट आधुनिक कृषिसम्म परिवर्तन गरेर गरिबीबाट मुक्त गरेका छन्। चिनियाँ कृषि विज्ञान एकेडेमीअन्तर्गत कृषि संसाधन र क्षेत्रीय व्यूरोका अनुसन्धानकर्ता ली चाउचुनले यसरी जानकारी दिनुभयो-
" केही क्षेत्रमा प्राकृतिक स्रोत तथा वातावरण ज्यादै राम्रो छ र जैविक कृषिको विकास गर्न सहयोगी छ। तर यातायातको समस्या वा बजारसम्बन्धी धारणाको अभाव आदि कारणले ती क्षेत्रहरू गरिबी रेखामुनि रहेका छन्। हामीले प्राकृतिक श्रेष्ठता रहेका यी क्षेत्रलाई दिशा देखाउनुका साथै वैज्ञानिक तथा प्राविधिक समर्थन दिएर उच्चस्तरीय कृषिको विकास गरी विभिन्न तहका सरकार तथा बजारमार्फत कृषि उत्पादनलाई बजार र उपभोक्तासम्म पठाएर गरिबी हटाएका छौं।"
1 2 3