
सन् १९९० पछि जन्मेकी ऊ स्विआन वुहान शहरको तेस्रो अस्पतालअन्तर्गत नवजात शिशु विभागका नर्स हुन्। उनी नर्सिंग काममा संलग्न भएको दश वर्ष भइसक्यो। महामारी भएपछि स्विआनले चिन यिन थान अस्पताललाई सहयोग गर्न आवेदन दिएकी थिइन्। चिन यिन थान अस्पतालमा स्विआनले सहकर्मीसँग प्रतिदिन करिब पचास जना बिरामीको हेरचाह गरेकी थिइन्।
स्विआनको तीन वर्षको बच्चा छ। उनले भनेअनुसार, परिवारका सदस्यले उनलाई धेरै समर्थन र प्रोत्साहन दिएका छन्। त्यसैले उनले महामारीको रोकथाम तथा नियन्त्रण कार्यमा सक्दो प्रयास गरेकी छिन्। स्विआन भन्छिन्
"मेरो बुबा पहिले सैनिक हुनुहुन्थ्यो। बुबाले मलाई भन्नुभएको थियो कि तिमीले पाएको जुनसुकै काम जे जस्तो कठिनाइको सामना गरेर भए पनि सबल भावनाका साथ पूरा गर्नुपर्छ। काम पूरा हुनुपर्छ। मैले यसरी लेखेको छु, सामान्य पदले असामान्य काम गर्छ। मैले यसरी गरेको छु। मलाई खुशी लागेको छ।"
1 2 3 4