फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको स्थितिमा इजरेलका चिकित्सा हास्य अभिनेताद्वारा बिरामीहरुमा खुसी तथा माया

(GMT+08:00) 2020-06-01 15:53:29

सन् २००१ मा सपना चिकित्साकर्मी संगठनको स्थापना इजरेलमा भएको थियो। हाल इजरेलमा १०० जना चिकित्सा हास्य अभिनेता छन्। उनीहरुलाई विशेष गरी बिरामी बालबालिकाले मनपराउने गरेका छन्। तेलअभिभ शहरमा बसोबास गर्ने डेभिड स्किलमान बाह्र वर्षदेखि चिकित्सा हास्य अभिनेताको रूपमा कार्यरत् छन्। कोरोना भाइरस महामारी देखा परेयता चिकित्सा हास्य अभिनेताको अभाव भएको हुनाले आफ्नो काम पहिलेभन्दा व्यस्त भएको उनले बताए।

मेरो काम अस्पतालका सबैभन्दा महत्वपूर्ण कामहरुमध्येको एक हो। किनभने चिकित्साकर्मीहरु शारिरिक क्षेत्रमा बिरामीहरुको उपचार गर्छन् भने हाम्रो काम मनस्थितिको क्षेत्रमा बिरामीहरुको उपचार गर्नु हो। जुन अस्पतालको एउटा महत्वपूर्ण सन्तुलित विन्दु हो। बाल-बालिकाहरु होस् अथवा प्रौढहरु होस् अस्पतालमा भर्ना भएपछि उनीहरुलाई दु:ख लाग्छ र उनीहरु आफूलाई राम्रोसँग हेरचाह गर्न नसक्ने चिन्ता गर्छन्। त्यसैले मैले सधैं उनीहरुलाई हाँस्न लगाएर खुसी बनाएको छु। बिरामीहरुसँग कुराकानी गर्दै मेरो तलब तिमीहरु हाँस्दा चुहिएको दाँत हो भन्ने कुरा मैले सधैं उनीहरुलाई भन्ने गरेको छु। मसँग केही चिकित्सा ज्ञान भए तापनि म साँचै चिकित्साकर्मी होइन। अस्पताल तथा यस संसारलाई मैले दिन खोजेको एउटै कुरा हो, माया हो।

इजरेलको उत्तरी भागमा अवस्थित द बारुच पादेह चिकित्सा केन्द्रकी शोशी ओफिरले १७ वर्षदेखि चिकित्सा हास्य अभिनेत्रीको काम गर्दैआएकी छिन्। उनले बालबालिकाहरुलाई खुसी बनाउनुका साथै अभिभावकलाई सान्त्वना दिने गर्छिन्। कोरोना भाइरस महामारीको अवधिमा उनले क्वारेन्टाइनमा रहेका कोरोना भाइरस संक्रमितहरुसँग भिडियो कुराकानी गरी महामारी जित्न आफूले बनाएको गीत गाएर संक्रमितहरुलाई न्यानो भावना बाँड्नुका साथै खुसी बनाएकी छिन्। ओफिरले चिकित्सा हास्य नाटक विश्वमा सबैभन्दा राम्रो काम भएको ठहर गरेकी छिन्।

मेरो विचारमा मेरो काम विश्वको सबैभन्दा राम्रो काम हो। बिरामीहरु अपठ्यारो स्थिति र दु:खबाट मुक्ति हुने कुरा मेरो लागि पनि एउटा उपलब्धि हो। यो काम गर्न पाएकोमा म आफूलाई सौभाग्यशाली मान्छु। मैले उनीहरुलाई एउटा खुसीयाली समय प्रदान गर्न खोजेकी छु। कोरोना भाइरस संक्रमितहरुले हरेक व्यक्ति उनीहरूबाट टाढा भाग्न खोजेको महसूस गरेका छन्। मैले उनीहरुलाई दिनसक्ने कुरा भनेको माया हो।

1  2  3  
जानकारी तथा लेखहरु