फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको स्थितिमा इजरेलका चिकित्सा हास्य अभिनेताद्वारा बिरामीहरुमा खुसी तथा माया

(GMT+08:00) 2020-06-01 15:53:29

६५ वर्षीय स्टुआर्ट किङस्टन इजरेलको हास्य कला क्षेत्रका अग्रज कलाकार हुनुहुन्छ। उहाँसँग धेरै विद्यार्थीहरु छन्। १५ वर्षअगाडी स्टुआर्टको मुटुको अपरेसन गरिएको कारण उहाँ महामारीको उच्च जोखिममा पर्नुभएको छ। त्यसैले यस पटकको महामारीको अवधिमा उहाँले अस्पतालमा प्रदर्शन गर्नुभएको छैन। तथापि महामारीपछि आफूले अवकाश नलिने बरु चिकित्सा हास्य अभिनेताको कामलाई निरन्तरता दिने कुरा व्यक्त गर्नुभयो।

चिकित्सा हास्य अभिनेताप्रति हरेक अस्पतालको मांग फरक छ। तथापि अरु महत्त्वपूर्ण कुरा भनेको हास्य अभिनेताले आरामदायी वातावरणको तयारी गर्नसक्छन्। जसबाट बिरामीका आफन्तहरु अस्पताल आएपछि उनीहरुमाथिको दबाव हलुका बन्नसक्छ। चिकित्सा हास्य अभिनेता भएपछि अस्पतालको तनावपूर्ण वातावरण पूर्ण रुपमा परिवर्तन भएको छ। यो हामीले गर्ने सबैभन्दा महत्वपूर्ण काम हो।


1  2  3  
जानकारी तथा लेखहरु