
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हाइनान स्वतन्त्र व्यापार बन्दरगाह निर्माण गर्न महत्वपूर्ण निर्देशन दिनुभएको छ। हाइनानमा स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले दुई प्रमुख आन्तरिक र अन्तर्राष्ट्रिय परिस्थितिमा केन्द्रित रहेको र चिनियाँ विशेषतासहित समाजवादी आविष्कारको विकासलाई प्रवर्द्धन गर्ने प्रमुख रणनीतिक निर्णय हो। यो चीनको नयाँ युगमा सुधार र खोल्ने प्रक्रियाको प्रमुख घटना पनि हो।
राष्ट्राध्यक्ष सीले हाइनान प्रान्तले पार्टीको केन्द्रीय समितिको निर्णय लिने र तैनाथ गर्ने काम सही दिशाले लिनु पर्दछ भन्दै जिम्मेवारी लिने हिम्मत गर्ने र पहल गर्ने कदम चाल्नु पर्नेऔँल्याउनुभयो। उहाँले प्रारम्भिक नीतिगत व्यवस्थाको कार्यान्वयनमा ध्यान दिएर स्वतन्त्र व्यापार बन्दरगाह निर्माणको जग बलियो पार्नु पर्ने करामा जोड दिनुभयो।
1 2 3