फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षको अन्त्यसम्ममा यी जातिका सर्वसाधारणको जीवनस्तर पूर्ण रुपमा सम्पन्न हुने

(GMT+08:00) 2020-06-12 10:33:20

त्यसपछि गाउँमा पानी, स्थिर बिजुली, मोबाइल नेटवर्क सबै उपलब्ध भएको छ। आधारभूत प्रबन्ध सुध्रिएको छ। स्थानीय वासिन्दाको दृष्टिकोण पनि फराकिलो भएको छ। पहिले भौगोलिक अवस्थितिका कारण "भीर गाउँ"को धेरै कमी कमजोरी देखिन्थ्यो। तर त्यहाँ अग्लो पहाड र यी जातिको आबाससँगै विशेष पर्यटकीय स्रोत-साधन थियो। प्रारम्भिक तथ्यांकअनुसार, सन् २०१९ मा इस्पात भर्‍याङ चढ्न गएका पर्यटकको संख्या करीब एक लाख पुगेको थियो।

योसँगै आ थु ले अर गाउँ र बाहिरबीचको सम्पर्क बलियो बनेको छ। स्थानीय वासिन्दा गरिबीबाट मुक्त हुने विश्वास पनि बलियो भएको छ। स्थानीय सरकारले वासिन्दालाई प्रविधि सिक्न बाहिर जान संयोजना गरेको छ। हाल गाउँका वासिन्दाले इन्टर्नेटमा प्रत्यक्ष प्रसारणको तरीकामार्फत कृषि उपजको बिक्री गरेका छन्। "भीर गाउँ"को अवस्था निरन्तर रुपमा सुध्रिएको छ। गरिब जनसंख्याको प्रति व्यक्तिको वार्षिक आम्दानी सन् २०१४ मा दुई हजारभन्दा कम भएको अवस्थाबाट बढेर सन् २०१९ मा छ हजार चिनियाँ युआन पुगेको थियो।

तर "भीर गाउँ"मा दुई हजार पाँच सय वटा इस्पात भर्‍याङ राखिए तापनि स्थानीय आर्थिक विकास र सर्वसाधारणको जीवनमा कठिनाइ यथावत रहेको थियो। स छ्वान प्रान्तले गरिबी निवारणका लागि गरिब वासिन्दालाई बस्दैआएको असुविधाजनक घरबाट राम्रो तथा सम्पन्न आधारभूत पूर्वाधार क्षेत्रमा सारिने परियोजनाको कार्यान्यवन गरेको छ। हाल "भीर गाउँ"का ८४ वटा गरिब परिवारले भीरको भर्‍याङलाई विदाई गरी चाउ च्य्व जिल्लामा सरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु