फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षको अन्त्यसम्ममा यी जातिका सर्वसाधारणको जीवनस्तर पूर्ण रुपमा सम्पन्न हुने

(GMT+08:00) 2020-06-12 10:33:20

"भीर गाउँ"का वासिन्दालाई चाउ च्य्व जिल्लातर्फ सारेको कुरा पनि विदेशी सञ्चार-माध्यमद्वारा ध्यान दिइएको छ। अमेरिकी सी.एन.एन.का अनुसार, वासिन्दाको नयाँ आबासको क्षेत्रफल २५ वर्गमिटरबाट बढेर १०० वर्गमिटर बराबर पुगेको छ। नयाँ आबासको आधुनिक भान्सा र बाथरूममा आधुनिक प्रबन्ध छ। पानी, बिजुली र ग्याँसआदि प्रबन्ध पनि जडान गरिएको छ। नयाँ आबास नजिकै शिशु विद्यालय, अस्पतालको निर्माण पनि चलिरहेको छ।

बेलायतको बी.बी.सी.का अनुसार, वासिन्दालाई नयाँ आबास सारिएको कुरा सन् २०२० मा चीनको गरिबी मुक्तिको एक भाग हो। नयाँ आबासमा सारेका गरिब वासिन्दाको रोजगार समस्याको समाधान गर्नका लागि चाउ च्य्व जिल्लाले नयाँ आबासको वरिपरि दश वटाभन्दा बढी आधुनिक कृषि उद्योग पार्कको निर्माण थालेको छ। गरिब वासिन्दाले त्यहाँ रोजगार पाउने छन्।

चालू ‍वर्षको अन्त्यमा यी जातिका वासिन्दाले सम्पन्न जीवनमा प्रवेश गर्ने छन्। "भीर गाउँ"का वासिन्दाको राम्रो जीवन शुरु भएको छ। उनीहरू मेहनत र स्थानीय विशेष स्रोत-साधनमा निर्भर रहेर धनी बन्ने बाटोतर्फ लम्कने छन्।


1  2  3  
जानकारी तथा लेखहरु