
प्राचीन छि राज्यका प्रमुख भारादार चाउ ची निकै हृष्ठ-पुष्ट र आकर्षक थिए। कुनै एक दिन विहान उनले लुगा र टोपी लगाएपछि ऐनामा परेको आफ्नो प्रतिविम्वलाई नियालेर हेर्दै पत्नीलाई सोधेः "शहरको उत्तरी भागमा बस्ने स्यु कुंग राम्रो कि म?" उनकी श्रीमतीले जवाफ दिइन: "तपाईं निकै राम्रो हुनुहुन्छ। स्यु कुंग कसरी तपाईंको दाँजोमा पुग्नसक्छ र।"
शहरको उत्तरी भागमा बस्ने स्यु कुं नामको मान्छे छि राज्यको निकै प्रख्यात सुन्दर पुरुष थियो। स्यु कुंगभन्दा आफू राम्रो भएको कुरालाई स्वीकार गर्ननसकेका चाउ चीले आफ्नी कान्छी पत्नीलाई पनि सोधेः म र शहरको उत्तरी भागमा बस्ने स्यु कुंगमध्ये तिम्रो दृष्टिमा को राम्रो छ? "तपाईंभन्दा स्यु कुंग राम्रो छैन" भनेर कान्छी पत्नीले जवाफ दिइन।
एक दिनपछि चाउ चीको घरमा एकजना पाहुना आयो। चाउ चीले पाहुनालाई पनि पत्नीहरुलाई सोधेको कुरा फेरि दोहर्याए। पाहुनाले पनि स्यु कुंगभन्दा तपाईं आकर्षक हुनुहुन्छ भनेर जवाफ दिए।
1 2