फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दरता सम्बन्धी चाउ चीको धारणा

(GMT+08:00) 2020-07-01 15:41:20

कुनै एक दिनको कुरो थियोः शहरको उत्तरी क्षेत्रका स्यु कुंग नाका ती मानिस चाउ चीसित भेट गर्न चाउ चीको घर गए। त्यस अवसरमा चाउ चीले स्यु कुंगको हुलिया, कद र हाउभाउलाई नियालेर हेरेका थिए। स्यु कुंगको तुलनामा आफू बढी सुन्दर नभएको जस्तो लाग्यो चाउ चीलाई। ऐनामा आफ्नो प्रतिविम्वलाई फेरि नियालेर हेरेपछि आफ्नो अनुभव ठीक रहेको निधो चाउ चीले गरे।

रात पर्‍यो। चाउ चीले खाटमा यताउति पल्टिंदै सोच्नथाले। अन्तमा उनले सोचे: मेरी पत्नीले मलाई माया गरेका कारण मलाई उभन्दा राम्रो भनेको हुनुपर्छ। मेरी कान्छी पत्नीले मदेखि डराएर मलाई उभन्दा बढी राम्रो भनेको हुनुपर्छ। मेरो सहायता पाउने आशाले पाहुनाले पनि मलाई बढी राम्रो भनेको हुनुपर्छ। वास्तवमा स्यु कुंगको तुलनामा म राम्रो छैन।

मानिसहरुले आफ्नो वास्तविकता बुझ्नसक्नु पर्छ। आफ्ना नाता-गोता वा सहायता पाउने उद्देश्य लिएका मानिसहरुको कुराको विवेकपूर्ण तरिकाले विश्लेषण गर्नुपर्छ। यस कहानीबाट हामीले यहीं वास्तविक सत्यलाई ग्रहण गर्नसक्नुपर्छ।


1  2  
जानकारी तथा लेखहरु