फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल#च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानद्वारा वैज्ञानिक तथा प्राविधिक आविष्कारमा आधारित याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरणको विकास

(GMT+08:00) 2020-07-03 10:30:23

सन् २०१८ को नोभेम्बर महिनामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरणको विकासको समर्थन दिने र यस राष्ट्रिय रणनीति बन्ने कुरा बताउनुभएको थियो। निर्देशक लिउ छिङले राष्ट्रिय रणनीतिमा च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानले याङ सी नदी त्रिकोण क्षेत्रलाई राम्रोसँग सेवा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ "वास्तवमा हाम्रो संस्थानले एक नारा प्रस्तुत गर्छौं, अनुसन्धान तथा विकास उद्योग हो, प्रविधि उत्पादित-वस्तु हो। हामीले हरेक अनुसन्धान संस्थानले बजारको प्रणालीमार्फत विकास गर्ने आशा लिएका छौं। अनुसन्धान संस्थानले बजारको आवश्यकता बमोजिम परियोजनाको विकास गर्नसक्ने छ। त्यसैले हाम्रो अनुसन्धान संस्थानले च्याङ सु प्रान्तका लागि सेवा दिने मात्र नभई याङ सी नदी त्रिकोण क्षेत्र र समस्त देशका लागि सेना दिनसक्छ।"

1  2  3  
जानकारी तथा लेखहरु